काठमाडौं, असोज ९ – कोरोनाभाइरसको पहिलो खोप रामवाण नभएको र यसले मानिसहरूलाई रोग लाग्नबाट नजोगाउने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । खोपले मानिसहरूको लक्षण मात्र घटाउने र आंशिक रूपमा मात्र प्रभावकारी हुने बेलायत सरकारका सल्लाहकारहरूले बताएका छन् । उनीहरूले खोपका विषयमा सतर्कता अपनाउन सल्लाह दिएका छन् ।
बेलायतका चीफ मेडिकल अफिसर प्राध्यापक क्रिस ह्विट्टीले यसको प्रभावकारिता ४० देखि ६० प्रतिशत हुन सक्ने बताएका छन् । रुघाको खोपको प्रभावकारिता पनि यस्तै हो । तर खोप बनाइरहेको अक्सफोर्ड विश्वविद्यालयको टोलीले ५० प्रतिशतको न्यूनतम लक्ष्य राखेको छ ।
लक्षण देखिएका कोरोनाभाइरस केसहरूमध्ये आधा मात्र घटे भने पनि निकै उपयोगी हुने उनीहरूले बताए । क्रिसमसअघि यस्तो खोप बनेमा सयौं हजारौं बेलायतीहरूले जाडो महिनामा कोभिड हो कि सामान्य रुघा हो भन्ने विषयको परीक्षण गरिरहनुपर्दैन । सरकारले सन् २०२१ को पहिलो ६ महिनाभित्रमा खोप तयार हुने आशा लिएको छ ।
सामाजिक दूरीका नियमलाई कत्तिको पालन गरिन्छ भन्ने कुराले पनि खोपको प्रभावकारिता निर्धारण गर्छ । पहिलोपटक खोप लगाएको एक महिनापछि बूस्टर डोज लिनुपर्ने हुन्छ र केही मानिसलाई इम्युन सिस्टम उत्तेजित पार्नका लागि दुईथरी खोप लगाउनुपर्ने हुन सक्छ ।
FACEBOOK COMMENTS