काठमाण्डौँ — आइतवारदेखि ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट २०१९ सुरु भएको छ।
नेपालका समस्याहरूको समाधान नारा दिइएको यो मेला सोमवारसम्म चल्नेछ।
मेलामा नेपाली समाजले देखे–भोगेका समस्यालाई प्रविधिमार्फत सम्बोधन गर्न खोजिएको कलेजका प्राचार्य डा. मधुसूदन कायस्थले बताए।
उक्त मेलामा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफ लगायत विविध कार्यक्रमहरू समावेश गरिएको क्याम्पसले जनाएको छ।
— नागरीक


