काठमाडौं,फागुन ३० – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । दुबै संक्रमणको आशंकामा ‘सेल्फ आइसोलेसन’ मा बसेका थिए।
‘लण्डनको एक कार्यक्रममा संबोधन गरेर भर्खरै फर्केपछि, प्रधानमन्त्रीपत्नी सोफीमा हल्का ज्वरो र अन्य मिडफ्लु जस्तै लक्षण देखापरेपछि आइसोलेसन बसेका थिए।
प्रधानमन्त्री श्रीातीलाई कोरोना भाइरस भएको पुष्टि भएको क्यानडाको सरकारलेलाई जनाउँदै चाइना डेलीले जानकारी दिएको छ । उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्टमा कोरोना भाइरस पुष्टि भएको जानकारीमा उल्लेख छ ।
जस्टिन ट्रुडो १४ दिनका लागि आइसोलेशनमा रहनेछन् । उनलाई अहिले नै कोरोनाको परीक्षण नगरिने बताइएको छ किनभने उनलाई कुनै लक्षण देखिएको छैन ।
FACEBOOK COMMENTS