काठमाडौं, मंसिर २४ – क्यानेडियन सरकार अन्तरगतको ट्रेड कमिसनर सर्भिसेज (टिसिएस)ले नेपालका युवा व्यवसायी द्धिराज शर्मालाई ट्रेड एड्भाइजर नियुक्त गरेको छ।
क्यानडाले नेपालमा लगानी भित्राउने तथा दुई देशबीचको व्यापार बढाउने उद्देश्यले एड्भाइजर नियुक्त गरेको हो। शर्मा नयाँ बानेश्वरस्थित अल्फाबिटा ग्रुप अफ कम्पनीका अध्यक्ष हुन्।
क्यानेडियन सरकारले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न र व्यापार बढाउन, समन्वय गर्न तथा सम्बन्ध बढाउन चाहेकोले ट्रेड एड्भाइजर नियुक्त गरेको हो।
ट्रेड एड्भाइजर नियुक्त भएसँगै अब क्यानडाले नेपालमा लगानी गर्न तथा नेपालले क्यानडामा व्यापार बढाउन बाटो खुला भएको ट्रेड एड्भाइजर शर्माले बताए। भारतमा क्यानडाको ट्रेड कमिसनको कार्यालय रहे पनि नेपालमा अहिलेसम्म कार्यालय थिएन।
क्यानडाले नेपालको कृषि, शिक्षा, एभियसन, पुर्वाधार र क्लिन टेक्नोलोजीमा प्राथमिकता दिएको छ। क्यानडाले नेपालमा प्रत्यक्षरुपमा लगानी भित्राउन समेत चाहना रहेको छ।
ट्रेड एड्भाइजर नियुक्तसंगै क्यानेडियन सरकार र नेपाल सरकारका सम्बन्धित निकायबिचमा समन्वय गर्ने, क्यानडाका कम्पनीलाई नेपालमा व्यापार र लगानीका विषयमा आवश्वयक परामर्श तथा समन्वयका लागि पहल हुनेछ।
शर्माले नेपालमा विभिन्न क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभव भएको र ग्लोबल एक्स्पोजर भएका कारण ट्रेड एड्भाइजरमा नियुक्त गरेको हो। शर्मा अन्तर्राष्ट्रिय शिक्षा, ऊर्जा, पर्यटन, ट्रेडिङ, रियल स्टेटमा लामो अनुभव भएका युवा व्यवसायी हुन्। त्यसैगरी उनी अष्ट्रेलिया, युरोप, इण्डिया लागि शैक्षिक परामर्श दिने व्यवसायीका संघको अध्यक्ष रहेर समेत काम गरिरहेका छन्।

FACEBOOK COMMENTS