काठमाडौं, मंसिर २५ – कोरोना भाइरस विरुद्धको फाइजर खोपलाई क्यानडाले स्वीकृती दिएको छ । खोपको अनुमति दिने विषयमा अनुसन्धान गरेपछि क्यानडा सरकारले यहाँका १६ वर्षभन्दा माथिका आफ्ना नागरिकलाई खोप लगाउन अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अर्काे हप्तादेखि क्यानाडामा सो खोप लगाइने छ । अर्काे हप्तासम्ममा उक्त खोप क्यानाडामा आइपुग्ने क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्र’डोेले जानकारी दिएका जनाइएको छ ।
क्यानाडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप यहाँ ल्याएर वितरण गर्नेछन् ।
FACEBOOK COMMENTS