काठमाडौं, भदौ २३ – फोक्सोको क्यान्सर भएर अस्पतालमा उपचाररत अभिनेता सञ्जय दत्त फिल्म छायांकनमा निस्कने भएका छन् ।
पहिलो केमोथेरापी लिएका उनी रणवीर कपुरका साथ फिल्म ‘शमशेरा’ का लागि निस्कने तयारी गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । ६१ वर्षीय दत्तको उपचार मुम्बईको मोकिलाबेन अस्पतालमा डा. जलिल पारकरको रेखदेखमा भइरहेको छ । दत्तले डा. पारकरसँग काम गर्न जान अनुमति मागेपछि खबर सञ्चारमाध्यमहरूमा आएका हुन् ।
FACEBOOK COMMENTS