काठमाडौं, फागुन १९- नायिका स्वेता खड्काले गोदावरी नगरपालिकाको छम्पीमा क्यान्सर अस्पताल बनाउने भएकी छन् । सोमबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय क्यान्सर अस्पतालको शिलन्यास गरिएको छ ।
शिलन्यास कार्यक्रममा अभिनेत्री खड्काले क्यान्सरका कारण आफूले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई गुमाएको भन्दै अस्पताल निर्माण गर्न लागेको बताइन् । उनी क्यान्सरको लागी काम गरिरहेका केही टिमसँग सहकार्य गरेर यसको लागी लागी परेकी हुन् ।
‘अस्पतालको शिलन्यास गर्न पाउँदा खुसी लागेको छ’ स्वेताले भनिन् ‘ ५ बर्षदेखि क्यान्सर अस्पताल निर्माण गर्ने धोकोले अहिले पुरा हुन लाग्यो ।’
FACEBOOK COMMENTS