सुनेना घिमिरे पाण्डे
क्यान उपाध्यक्ष
क्यान इन्फोटेक मेला प्रविधिलाई दैनिक जिवनमा कसरी जोड्न सक्छौं भन्न जानकारीको लागि यो मेला आयोजना गरिएको हो । हामी हरेक संस्थालाई स्मार्ट कसरी बनाउन सक्छौं, त्यसमा केन्द्रित छौं । संस्था मात्र होइन दैनिक घरमा प्रयोग हुने सामग्रीलाई कसरी स्मार्ट वा आफू अनुकल बनाउन सक्छौ भन्ने प्रविधि इन्फोटेकमा राखिएको हुन्छ । जस्तो शैक्षिक संस्थाको लागि आवश्यक पर्ने प्रविधि र उपकरण राखिएको हुन्छ र त्यसलाई कसरी युटीलाइजेसन गर्न सकिन्छ भन्ने पनि ज्ञान हुन्छ । ग्रमिणक्षेत्रका शैक्षिक संस्थाले पनि आफ्ना विद्यार्थीलाई प्रविधीको माध्यमबाट कसरी उत्कृष्ट शिक्षा दिन सक्छन् भन्ने विषयमा पनि मेलामा देखाइन्छ ।
नेपालको ३० प्रतिशत भन्दा धेरै जिडिपीको हिस्सा ओगटेको कृषी क्षेत्रलाई कसरी प्रविधिको प्रयोग गरी उत्पादनमा वृद्धि र सहज उत्पादन कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइन्छ । बाली लगाउँदा बिउ कसरी राख्ने ? कसरी रोप्ने ? लगाएको विरुवामा कुनै रोग लागेको छ कि छैन ? भन्ने जनकारी दिने मेशिनको बारेमा कृषकलाई जानकारी दिइन्छ ।
त्यसैगरी स्मार्ट होमको लागि आवश्यक पर्ने उपकरणहरु प्रदर्शनीमा हुन्छ । घरमा भइरहेको विद्युतलाई समय अनुसार कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिइन्छ । विद्युतलाई नाइट मोडमा, डे मोडमा कसरी राख्ने भन्ने विषयमा मेलामा देखाइन्छ । मेडिकल सम्बन्धी धेरै टेक्नोलोजी राखिएको हुन्छ । प्रदर्शनीमा सहभागि हुनेले अवलोकनमात्र होइन, प्रत्यक्ष कुरा देख्न पाउने भएकाले सर्वसाधरणको लागि मेला ज्यादै उपयोगी हुन छ । प्रदर्शनी कुनैपनि कम्पनीले आफ्नो प्रोडक्टको लञ्च गर्न चाहेमा गर्न सक्ने छन् ।
FACEBOOK COMMENTS