काठमाण्डौैं– कम्पुटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ माघ १५ देखी आयोजना गर्ने भएको छ ।
काठमाण्डौको भृकुटीमण्डपमा ६ दिन सम्म चल्ने इन्फोटेकमा नयाँ नयाँ प्रविधीको अवलोकन गर्न पाईने आयोजकले जनाएको छ ।
सन् १९९५ देखि आयोजना हुँदै आएको क्यान इन्फोटेकलाई ‘सुविसु क्यान इन्फोटेक २०१९ एसोसिएसन विथ ई सेवा’ नाम दिइएको छ ।
मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तगा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने जनाइएको छ ।
महासचिब रञ्जीत कुमार पोदारले जारी गरेको विज्ञप्तीमा ‘मेलालाई व्यवसायीहरुले व्यपार विस्तारका साथै नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोको रुपमा उपायोग गर्ने र सूचना प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषी र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरिएको’ उल्लेख गरिएको छ ।
त्यस्तै नयाँ सफ्टवयेर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनमा राखिने जनाइएको छ । मेलामा नेपालीले निमार्ण गरेका दैनिक जिवनमा प्रयोगहुने रोबोट पनि प्रर्दशन गरिने बताईएको छ ।
महासंघका महासचिव रञ्जीत कुमार पोदारले मेलालाई विशेष बनाउन नयाँ स्किमहरु ल्याएको बताएका छन् । अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर तथा बम्पर पुरस्कार प्रदान गरिने उनले बताएका छन् ।
कुल १७५ स्टल रहने मेलामा हार्डवयेर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, माबाईल एसेसोरिज डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलीकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवयेर सोलुसन्स, मेमेन्ट सोलुसन्सलगाएतका स्टल रहनेछन् ।
मेला अवलोकनको लागि सर्वसाधरणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते विजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने छ । मेलाको अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट रहने महासंघले जनाएको छ । अनलाईन टिकट www.can.esewa.com.np मार्फत खरिद गर्न सकिने छ ।
त्यस्तै सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषय अध्ययनरत विद्यार्थीले मेला स्थलमै बायोडाटा बुझाउन सक्ने जानकारी दिएको छ । क्यान महासंघले बायोडाटालाई आइटी कम्पनीहरुमा पठाइदिने र रोजगारीका लागि आवश्यक सहजीकरण गरिने बताएको छ ।
FACEBOOK COMMENTS