काठमाडौं,माघ १०- कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) का अध्यक्ष नवराज कुंवरसहितको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटबार्ता गरेको छ ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र क्यान महासंघका पदाधिकारीबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा सूचना तथा संचार प्रविधि क्षेत्रको संस्थागत बिकासको विषयमा छलफल भएको महासंघले जनाएको छ ।
यसका साथै सरकारले तर्जुमा गरेको डिजिटल नेपाल फ्रेमवर्क, सूचना प्रविधिको सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक, ब्रोडब्यान्ड निति, सूचना तथा संचार प्रविधि निति, सूचना तथा संचार प्रविधिमा सामान तथा सेवा आयत- निर्यात, सफ्टवेयर, हार्डवेयर तथा डिजिटल शिक्षा लगायतका बिविध बिषयमा छलफल भएको छ महासंघले बताएको छ ।
FACEBOOK COMMENTS