काठमाडौं, माघ २३- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान) का पदाधिकारीहरुबीच भेटघाट सम्पन्न भएको छ ।
इक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वको कार्यसमिति र क्यानकाअध्यक्ष नवराज कुँवरको टोलीबीच बुधबार क्यानको कार्यालयमा भेटघाट भएको हो ।
भेटमा क्यानका अध्यक्ष कुँवरले इक्यान र क्यानबीच सहकार्य गर्ने र सम्बन्ध विस्तार गर्नकालागि प्रस्ताव गर्नु गरेका थिए । इक्यान अध्यक्ष पाण्डेले वर्तमान समयमा सूचना सञ्चार तथाप्रविधिको महत्वबारे चर्चा गर्दै नेपालको शिक्षा क्षेत्रको विकासकालागि आईसिटीको भूमिका महत्वपूर्ण हुने बताए । क्यानले लामो समयदेखि सूचना सञ्चार र प्रविधिको क्षेत्रमा गरेको कामका प्रसंशा गर्दै आगामी दिनमा मुलुकमा आईसिटी साक्षरता बढाउनका लागिभूमिका खेल्नुपर्ने बताए । शैक्षिक परामर्शको संघ इक्यान र क्यानमिलेर दुबै संस्थाको हितकालागि सहकार्य गरी अगाडि बढ्नुपर्नेमाअध्यक्ष पाण्डेले जोड दिए ।
क्यान सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा काम गर्ने संस्थाहरुका महासंघ हो भने इक्यान शैक्षिक परामर्श व्यवसायी संघहरुको सबैभन्दा पुरानो र ठूलो संघ हो ।
भेटमा इक्यानका तर्फबाट अध्यक्ष पाण्डे सहित उपाध्यक्षहरु देविदास भट्टराई र कृष्णहरि केसी, महासचिव दीपकराज भुसाल, सचिव बासुदेव दाहाल र सदस्यहरु भवनाथ हुमागाई, आशिक कार्की, नवराज भट्टराई र पुष्पराज भट्टराई रहेका थिए ।
FACEBOOK COMMENTS