काठमाण्डौं– पाँच तारे होटलले मात्रै सञ्चालन गर्दै आएको क्यासिनो अबदेखि रिसोर्टले पनि चलाउन पाउने गरी नियम बनाउन लागिएको छ ।
२०३५ सालमा जारी गरेको पर्यटन ऐनलाई विस्थापन गर्ने उद्देश्यले बनाइएको संघीय पर्यटन ऐन २०७५ ले अब रिसोर्टहरूलाई पनि क्यासिनो चलाउन खुला गरेको पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले बताए ।
क्यासिनो सञ्चालन गर्न यस मस्यौदाले २५ करोडको चुक्ता पुँजी हुनुपर्ने भनेको छ।
क्यासिनो अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर वर राख्नुपर्नेछ।
धार्मिक र सांस्कृतिक महत्त्वका दृष्टिले संवेदनशील मानिएका क्षेत्रभित्रका पाँच तारे होटल र लक्जरी रिसोर्ट परिसरभित्र भने क्यासिनो खोल्न नपाइने भनिएको छ।
क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले पर्यटन विभागमा निवेदन दिनुपर्नेछ।
– कान्तिपुर
FACEBOOK COMMENTS