अन्जनराज न्यौपाने
तनहुँ,२५ मंसिर-तनहुँका विभिन्न स्थानहरूमा रहेका क्रसर उद्योगहरु मापदण्ड विपरीत संचालनमा आएका छन्। जिल्लाको शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाँउपालिका, आँबुखैरेनी गाँउपालिका, बन्दिपुर गाँउपालिका, र देवघाट गाँउपालिकाहरुमा क्रसर उद्योग संचालनमा रहदै आएका छन् । उक्त उद्योगहरु गण्डकी प्रदेश उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड विपरीत संचालनमा आएको भेटिएको हो । क्रसर उद्योगबाट निस्कने लेदोयुक्त पानी सिधै सेतीनदीमा गएर मिसिने गरेपछि जलचर प्राणी र जलवायु प्रदुषण दिन प्रतिदिन वढदै गएको छ । जिल्ला समन्वय समिति तनहुँले जिल्लामा संचालित क्रसर उद्योगहरुले २०७२ साल देखि हाल सम्म पनि नविकरण नगरिएको पाईएको छ । त्यस्ता उद्योगहरुलाई साउनदेखि नै बन्द गराउन समन्वय समितिले निर्देशन दिईसकेको छ ।
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानहरूमा संचालनमा आएका क्रसरउधोगहरुलाई पटकपटक नविकरणगरि मापदण्डअनुसार संचालनमा ल्याउन घरेलु तथा साना उद्योग कार्यालय दमौलीले पटकपटक तकेता गरेको भएतापनि केही क्रसर उद्योगहरुले भने अझैसम्म पनि अटेरी गरि नविकरण नगरी जल,वायु प्रदुषण गरिरहेको गुनासो स्थानीयहरुको रहेको छ।
जिल्लामा सर्बै भन्दा धेरै क्रसर उद्योग शुक्लागण्की र म्याग्दे गाँउपालिकामा रहेका छन् भने क्रसर उद्योगमा प्रयोग भएका टिप्पर, ट्याक्टर ,हेब्बी ट्रकका कारण पानी आँउदा हिलो भएर र घामलाग्दा धुल्यामै भएर पैदल यात्रीले सास्ती खेप्न बाध्य रहदै आएका छन् भने सवारीसाधन दुर्घटनामा परि सोही गाँउपालिकामा १ सय भन्दा बढिलेले ज्यान समेत गुमाईसकेका छन्। ओभरलोड मालसामान बोक्ने १० र १२ चक्केट्रक,टिप्पर र ट्याक्टरले नियमित रुपले ढुङ्गा ,गिट्टी ,बालुवा,रड जस्ता बस्तुहरु बोकी ओसारपसार गरिरहँदा पृथ्वीराजमार्गको कोत्रेदेखि खैरेनीटार सम्मको बाटोमा सयौंको संख्यामा खाल्डाखुल्डी पर्दा सयौंले अकालमै ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुरअधिकारीले बताए ।
शुक्लागण्डकी नगरपालिकाले गत हप्ता मात्रै नगर भित्र संचालनमा आएका क्रसर उद्योग ब्यबसायीहरुलाई ध्यानाकर्षण गराउने उदेश्यले ब्यबसायीहरुसंग उद्योग नियमन तथा ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया गरेको थियो। नगरपालिकाले स्थानीय तह र उद्योग ब्यबसायी बीच अन्तरक्रिया गराएको हो।
मापदण्ड विपरीत संचालनमा ल्याईएका क्रसर उद्योगहरुलाई बेलैमा नविकरण नगरेमा बन्द गर्न लगाउदाँ भौतिक निर्माणका काममा प्रत्यक्ष प्रभाव पर्नै भएको हुदाँ त्यस्ता उद्योगहरुलाई बेलैमा नविकरण गराउन हामी लचकता अपनाएका छौ ( जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए । नविकरण नहुने उद्योगको पहिचान गरि कार्वाहीको दायरामा ल्याउने तयारीमा कार्यालय लागेको पनि वाग्लेले जनाए । ‘स्थानीय सरकार संगको सहकार्यमा नदीनाला प्रदुषण गराउने उद्योगहरुलाई तुरुन्तै कार्वाही प्रक्रिया अगाडि बढाईने छ’ प्रमुख वाग्लेले भने ।
जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग,नगरपालिका र गाँउपालिकाहरुको संयुक्त रूपमा स्थलगत अनुगमन गरि सेती दोभानका लागि ९ वटा टेण्डर आब्हान गरिने भएको छ । यसका साथै ढुङ्गा ,गिट्टी ,जोडाई र पलास्टर बालुवाको उत्खनन ,र ओसारपसार ,बिक्रीवितरण र नयाँ क्रसर उधोग स्थापनाका र संचालित उद्योगलाई थप ब्यबस्थित गराउन २०७५ को कार्यविधि अनुसार संचालनमा अनुमति दिईने ब्यबस्था गरिने शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ्गले जानकारी दिए।
गण्डकी प्रदेश सरकारले ढुङ्गा ,गिट्टी ,बालुवा,माटो,चट्टान उत्खनन र संकलन गर्दा पहाडी क्षेत्रहरुमा धार्मिक महत्त्व बोकेका ताल ,तलैया,पोखरी र ५ सय मिटर टाढा भए क्रसर उद्योग संचालन गर्न पाउने ब्यबस्था गरेको छ भने साँस्कृतिक तथा पुरातात्त्विक महत्त्वबोकेका स्थानहरु,शिक्षण संघ-संस्था ,मठ,मन्दिर, सुरक्षा निकायाको ब्यारेकबाट ५ सय मिटर पर हुनुपर्ने प्राबधान रहेको छ । साथै, राजमार्ग, झलुङ्गेपुल ,वन, हाईटेनसनतार ,आरक्ष क्षेत्र, स्वास्थ्य संस्था जस्ता स्थानहरुबाट पनि ५०० मिटर बाहिर क्रसर उद्योग संचालनमा ल्याउन पाईने ०७५ को कार्यविधिमा उल्लेख गरिएको छ।
FACEBOOK COMMENTS