काठमाडौं, वैशाख २७ । क्रसर र खानी उद्योगीले सरकारलाई अक्सिजन सिलिन्डर दिने भएका छन् । दोस्रो लहर फैलिन सुरु भएपछि नेपालमा अक्सिजन सिलिन्डर अभाव भइरहेको छ ।
देशभर संक्रमितको संख्या बढ्दै जाँदा सिलिन्डर अभाव भएपछि नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकालाई सिलिन्डर दिन अपिल गरेको हो ।
महासंघले एउटा सूचना जारी गर्दै देशभर भएका क्रसर र खानी उद्योगलाई सरकारलाई सिलिन्डर फिर्ता दिन आग्रह गरेको छ । महासंघले भनेको छ, ‘देशभरका क्रसर र खानी उद्योगले आफ्नो सिलिन्डर रेकर्ड राख्नेगरी स्थानीय सरकारलाई दिनुहोस् ।’
स्थानीय सरकार प्रमुखमार्फत प्रयोगमा नआएका खाली र भरिएका सिलिन्डर सहयोग दिन महासंघले अपिल गरेको हो।
FACEBOOK COMMENTS