काठमाण्डौँ — नेपाली बजारमा लोकप्रिय भइरहेको हुन्डाईको स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) क्रेटाको फेसलिफ्ट भर्सन भित्रिएको छ ।
अधिकृत आयातकर्ता लक्ष्मी इन्टरकन्टिनेन्टलले अहिले क्रेटा फेसलिफ्टको धमाधम बुकिङ लिइरहेको छ ।
पेट्रोल इन्जिनमा एक हजार ६ सय सिसी र डिजेल इन्जिनमा १ हजार ४ सय तथा १ हजार ६ सय सिसी क्षमतामा क्रेटा उपलब्ध छ ।
नेपाली बजारमा क्रेटा पहिलोपटक २०७२ भदौमा सार्वजनिक भएको थियो ।
त्यसको तीन वर्षपछि पहिलोपटक क्रेटाको बाहिरी स्वरूपमा परिवर्तन गरिएको लक्ष्मी इन्टरकन्टिनेन्टलको बिक्री तथा बजार विभागका सहायक महाप्रबन्धक रुपेश शर्मा भट्टले बताए ।
क्रेटाले पहिलो दिनबाटै नेपाली बजारमा राम्रो छाप बसाउन सफल भइरहेको बताए ।
फेसलिफ्टमा मूलत कारको बाहिरी भागको डिजाइनमा नयाँपन दिइएको छ ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS