काठमाण्डौं– क्रेडिट रेटिङ संस्थाबाट चार ग्रेड नपाएका संस्थाले सार्वजनिक निष्कासन (आईपीओ) अनुमति नपाउने भएका छन्।
मुद्रा तथा पुँजीबजार सुधार गर्न गठन गरिएको समितिले चारभन्दा कम रेटिङ पाएका संस्थालाई आईपीओ निष्कासन गर्न रोक लगाउने गरी प्रतिवेदन तयार गरेको छ।
धितोपत्र बजार विकासको अवस्थालाई मध्यनजर गरी क्रेडिट रेटिङ संस्थाबाट ग्रेड चारसम्म प्राप्त गरेका संगठित संस्थालाई मात्र सार्वजनिक निष्कासन अनुमति प्रदान गर्ने सुझाव समितिले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको छ।
बजारमा सेयर आपूर्ति अधिक र माग कम भएको भन्दै लगानीकर्ताले आईपीओ तथा एफपीओ नियन्त्रण गर्नुपर्ने माग राख्दै आएका छन्।
एक सय रुपैयाँमा लगानी गर्न पाउने भएकाले सेयर लगानीकर्तामा आईपीओ लोकप्रिय हुँदै गएको छ।
प्रतिवेदनमा धितोपत्र बजारलाई व्यवस्थित गर्न तत्काल र दीर्घकालमा गर्नुपर्ने ५८ बुँदे सुझाव दिइएको छ।
– अन्नपुर्ण
FACEBOOK COMMENTS