काठमाडौं, मंसिर १६ – क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शनिबार उनकी श्रीमती कोरोनाभाइरसबाट संक्रमित भएपछि प्रधानमन्त्री प्लेन्कोभिकको पनि परीक्षण गरिएको थियो । सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री अहिले सेल्फ आइसोलेसनमा बस्न थालेका छन् ।
प्रधानमन्त्रीलाई दोस्रो पटकमा मात्रै कोरोना पोजिटिभ देखिएको बताइएको छ। संक्रमित भएपछि स्वास्थ्यकर्मीहरुले उनलाई स्ल्फ आइसोलेसनमा बस्न सुझाव दिएका थिए।
स्थानीय मिडियाहरुका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उनी निवासबाटै काम गरिरहेका छन् । यद्यपि नियमित स्वास्थ्य निगरानी भइरहेको बताइएको छ । यसअघि पनि विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरुलाई कोरोनाभाइरसको संक्रमण भइसकेको छ ।
क्रोएसियामा कोरोनाभाइरसका संक्रमितहरुको संख्या १ लाख २८ हजार ४ सय भन्दा धेरै पुगिसकेको छ भने मृत्यु हुनेको संख्या १ हजार ७ सय भन्दा धेरै पुगेको छ ।
FACEBOOK COMMENTS