गणेश केसी, अधिवक्ता
भारतबाट नेपाल छिरेका एक युवकको बाँकेको नरनापुरस्थित क्वारेण्टीनमा छटपटाएर निधन भयो । अनौठो त के भने लगभग एक सातादेखि क्वारेण्टीनमा बसेका ती युवक कोरोना संक्रमित थिए भन्ने जानकारी मृत्युपछि मात्र प्राप्त भयो । उनीसँगै राखिएका ५९ जनामा ती युवाले संक्रमण सारेछन् । क्वारेण्टीनमा बस्ने लगभग दुईसय जनाको पीसीआर गर्दा उक्त तथ्य फेला प¥यो । नेपालको हकमा ती युवा “सुपर स्प्रेडर” बने । यसको कारण के हो त भन्दा उचित र व्यवस्थित रुपमा क्वारेण्टिन भएन । एउटा विद्यालयमा सयौं जना कोचमकोच राखियो ।
क्वारेण्टिनमा बसेकाहरु निष्फिक्री घर आउजाउ गरिरहेका छन् । रात परेपछि घरै गएर सुत्छन् । बिहान लुसुक्क क्वारेण्टिन फर्कन्छन् । शौच गर्न त उनीहरु सधैं खेत पुग्छन् । यसबाट कोरोना संक्रमणको फैलावट कति होला, सहजै अनुमान लगाउन सकिन्छ । यो अव्यवस्थाको कारक भनेको सरकारी लापरबाही र गैरजिम्मेवारी नै हो । क्वारेण्टिनमा राख्नुको कारण भनेको संभावित कोरोना संक्रमित भएकाले नै हो । त्यसको तत्कालै जाँच पड्ताल गरी पोजेटिभ देखिए, आइसोलेसनमा राख्ने हो । तर सरकारले त्यसो नगरिदिंदा सयौं मानिस संक्रमणको शिकार भए ।Advertisement
दैलेखमा पनि हिजो यस्तै घटना भयो । भारतबाट आएका एक जनामा कोरोना संक्रमण देखियो । उनी क्वारेण्टिनमा छन् । क्वारेण्टिनमा उनीसँगै ३९ जना बसेका छन् । झण्डै एक सातापछि उनीहरुको पीसीआर गरियो । तीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टी भयो । तर को चाहीँ संक्रमित हो, कसैलाई अत्तोपत्तो छैन । एकजना संक्रमित भएको भनियो, तर को हो ? जानकारी छैन । फेरि पनि ३९ जना एकै थलोमा बसेका छन् कोच्चिएर । अब बाँकी ३८ जनामा पनि यो संक्रमण सर्ने जोखिम कायमै छ ।
अर्कातिर, विदेशमा श्रम गर्न गएका दशाैं लाख नेपाली कोरोना कहरले गर्दा स्वदेश फर्कन गुण्टा कसेर बसेका छन् । नेपाल सरकारले आउने अनुमति दिने वित्तिकै ह्वाहर््वार्ती फर्कन तम्तयार छन् । ढिलोचाँडो ती नेपाली स्वदेश फर्किन्छन् नै । त्यतिखेरसम्म कोरोना भाइरसविरुद्ध खोप आइसक्ने अवस्था देखिँदैन । विश्व स्वास्थ्य संगठनले पनि त्यही भन्छ । त्यसैले बाहिरबाट आएकाहरुलाई कम्तिमा १४ दिन क्वारेण्टिनमा नराखी समुदाय वा घरपरिवारमा पठाउने कुरा भएन । यस्तो अवस्थामा कसरी व्यवस्थित रुपमा क्वारेण्टिन गर्ने ? सरकारसँग के कस्तो योजना छ ? वा जानकारहरु यसको विकल्पमा के सुझाउँछन् ? खासै चर्चा भएको छैन । तर अब यसबारे नसोच्ने हो भने देशले ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ । नेपालमा भित्रिएको संक्रमण “इम्पोर्टेड” हो । अहिले भने यो “कम्युनिटी ट्रान्समिसन” भइसकेको छ । कोरोनासँगको हाम्रो लडाईं तत्कालै सकिने स्थिति छैन । लामै युद्ध गर्नुपर्ने बुझिसकियो । त्यसको विकल्प के हुन सक्छ त ? यसमा अब घोत्लिनै पर्छ ।
केपी ओली सरकारले “लकडाउन” र “बोर्डर सिल” गरेर मात्रै कोरोनालाई हराउँछु भन्ने ठान्यो । जुन कोरा कल्पना र असंभव देखिएको छ । त्यसैले नेपालीलाई आफ्नो देशमा आउन दिने तर व्यवस्थित ढंगले क्वारेण्टिन गर्ने उपाय अबलम्बन गर्दा मात्रै समाधान दिन सकिन्छ । विश्व स्वास्थ्य संगठनले दिएको पछिल्लो जानकारी अनुसार, आउने जुन महिनामा कोरोना कहर अझै झाँग्गिने छ, खासगरी एसियामा । भारतमा त यसले ताण्डब गर्नेवाला छ । त्यसको प्रत्यक्ष प्रभाव हामीकहाँ पर्नेछ नै । त्यसैले व्यवस्थित क्वारेण्टिनका लागि सबै होटलहरुको उपयोग सरकारले गर्दा राम्रो ।
मेरो विचारमा अहिलेको मुख्य आवश्यकता भनेकै व्यवस्थित क्वारेण्टिन हो । गाउँघरका विद्यालय, मस्जिद र पाटी पौवा होइन । यो भाइरससँग लड्न “हाई इम्युनिटी” चाहिने रहेछ । त्यसका लागि राम्रो र सुविधासम्पन्न बसोबास र खानपान नै आवश्यक हो । विकल्पमा हामीले त्यो मापदण्ड पूरा गर्नै पर्छ । समुदायमा नसार्ने हो भने संभावित संक्रमितलाई व्यवस्थित ढंगले राख्नै पर्छ । यो प्रयोजनका लागि अहिले खाली रहेका होटल, मोटल, रिसोर्ट र गेष्ट हाउसको प्रयोग गर्न सकिन्छ । पर्यटक आवागमन ठप्प भएपछि सुनसान बनेका होटलहरुको उपयोग गर्ने बेला अहिले नै हो ।
सरकारले यसका लागि आवश्यक पहल गर्नु जरुरी छ । त्यसैपनि होटल व्यावसायलाई सरकारले अब राहत दिनै पर्छ । तर अहिले सुविधासम्पन यी होटलहरुको प्रयोग गरियो भने त्यसबाट दोहाेरो फाइदा पुग्न सक्छ । पहिलो व्यवसाय धराशायी हुनबाट जोगोउने, दोस्रो संक्रमितका लागि व्यवस्थित र सुविधासम्पन्न बसोबास र खानपानको प्रबन्ध गरिदिने । क्वारेण्टिन गर्न यो उपाय सबैभन्दा उपयोगी र प्रभावकारी हुने म ठान्दछु ।
विदेशबाट आउने नेपालीको हक हो आफ्नो मुलुक प्रवेश गर्ने । केपी ओली सरकारले “लकडाउन” र “बोर्डर सिल” गरेर मात्रै कोरोनालाई हराउँछु भन्ने ठान्यो । जुन कोराकल्पना र असंभव देखिएको छ । त्यसैले नेपालीलाई आफ्नो देशमा आउन दिने तर व्यवस्थित ढंगले क्वारेण्टिन गर्ने उपाय अबलम्बन गर्दा मात्रै समाधान दिन सकिन्छ । विश्व स्वास्थ्य संगठनले दिएको पछिल्लो जानकारी अनुसार, आउने जुन महिनामा कोरोना कहर अझै झाँग्गिने छ, खासगरी एसियामा । भारतमा त यसले ताण्डब गर्नेवाला छ । त्यसको प्रत्यक्ष प्रभाव हामीकहाँ पर्नेछ नै । त्यसैले व्यवस्थित क्वारेण्टिनका लागि सबै होटलहरुको उपयोग सरकारले गर्दा राम्रो ।
अर्काे पक्ष पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक होला । कोरोनाविरुद्ध फ्रण्टलाइनमा काम गर्ने स्वास्थकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीप्रति शहरिया वर्गको अलग सोच छ । घरभाडामा लिएर बसेका फ्रण्टलाइनरलाई अहिले युद्ध मैदानमा उत्रन ज्यादै कठिन छ । किनभने घरबेटीले उनीहरुलाई हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ । मानौं “कोरोना क्यारिएर” भनेकै फ्रण्टलाइनर हुन् । त्यसैले फ्रण्टलाइनर ठूलो तनावमा छन्, त्यो भोग्नेलाई नै थाहा होला । यहीं घरै भएकाहरुका लागिसमेत तनाव छ । किनभने परिवारका सदस्यमा उनीहरुले कोरोना सार्न सक्ने सम्भावना रहनेछ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा भने एक खर्ब ६० अर्ब रुपियाँ ऋण लगानी रहेको देखिन्छ । असंगठित रुपमा धेरै लगानी रहेको हुन सक्ने पनि उसले जनाएको छ । एक तथ्याङ्क अनुसार, नेपालमा हाल १५ वटा पाँच तारे होटल सञ्चालनमा रहेका छन् । पोखराको फुलबारी भने अहिले बन्द छ भने ग्राण्ड होटल अर्ध सञ्चालनमा रहेको छ । यी होटलहरुका करिब ३५०० वटा सुविधा सम्पन्न कोठा रहेका छन् । यस्तै १३ वटा चार तारे होटलमा २००० कोठा रहेका छन् । यस्तै अन्य रिसोर्ट र गेष्ट हाउसमा दसौं हजार व्यवस्थित र सुविधासम्पन्न कोठाहरु रहेका छन् । यी होटलको उपयोग गर्ने बेला सरकारले अहिले नै हो । होटल सञ्चालकहरु अहिले खर्च धान्ने मात्र भएपनि हुने भन्दै छन् । सरकारले उनीहरुको लागत खर्च मात्रै दिएपनि सहयोग गर्ने उनीहरुको माग छ ।
धेरै स्वास्थकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीमा संक्रमण देखापरिसकेको छ । उनीहरुले बेलुका घर फर्कंदा कोरोना बोकेको पनि हुन सक्छ । त्यसैले सरकारले ती फ्रण्टलाइनरलाई होटलमै बस्ने प्रबन्ध गर्दा उपयुक्त हुने देखिन्छ । ठूला–ठूला स्टार होटल त्यसै बसेका छन् । त्यहाँ फ्रण्टलाइनरलाई राख्न सकियो भने व्यवसायीलाई पनि राहत समाज पनि लाभान्वित हुने । यो दिशामा सरोकारवाला सबैले गम्भिरतापूर्वक सोच्ने बेला भइसकेको छ ।
होटल व्यावसाय थला परेको छ यतिबेला । यो क्षेत्रमा संगठित र असंगठित रुपमा भएको लगानी करिब १० खर्ब रुपियाँ रहेको छ । त्यसमध्ये झण्डै ५ खर्ब रुपैयाँ त बैंक तथा वित्तिय संस्थाको ऋण लगानी नै रहेको पाइन्छ । यद्यपि नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा भने एक खर्ब ६० अर्ब रुपैयाँ ऋण लगानी रहेको देखिन्छ । असंगठित रुपमा धेरै लगानी रहेको हुन सक्ने पनि उसले जनाएको छ । एक तथ्याङ्क अनुसार, नेपालमा हाल १५ वटा पाँच तारे होटल सञ्चालनमा रहेका छन् । पोखराको फुलबारी भने अहिले बन्द छ भने ग्राण्ड होटल अर्ध सञ्चालनमा रहेको छ । यी होटलहरुका करिब ३५०० वटा सुविधा सम्पन्न कोठा रहेका छन् । यस्तै १३ वटा चार तारे होटलमा २००० कोठा रहेका छन् ।
यस्तै अन्य रिसोर्ट र गेष्ट हाउसमा दसौं हजार व्यवस्थित र सुविधासम्पन्न कोठाहरु रहेका छन् । यी होटलको उपयोग गर्ने बेला सरकारले अहिले नै हो । होटल सञ्चालकहरु अहिले खर्च धान्ने मात्र भएपनि हुने भन्दै छन् । सरकारले उनीहरुको लागत खर्च मात्रै दिएपनि सहयोग गर्ने उनीहरुको माग छ । होटल एसोसिएसन नेपाल( हान ) का वरिष्ठ उपाध्यक्ष बिनायक शाह भन्नुहुन्छ– सरकारले एउटा नीति बनाएर होटल सञ्चालन गर्दा हाम्रो साथ र सहयोग हुनेछ ।
त्यसैले सरकारले अहिलेको अव्यवस्था र भद्रगोल चिर्नका लागि भएपनि यी होटललाई क्वारेण्टिन गर्ने नीति बनाउनुपर्छ । यस्तो नीतिले तीनवटै पक्षलाई प्रत्यक्ष लाभ पुग्नेछ । सरकार, व्यावसायी र आम नागरिक । पहिलो, सरकारमाथि पर्ने ठूलो आर्थिक भार यसले कम गर्नेछ । क्वारिण्टन बनाउने नाममा करोडौंको घोप्लाबाजी भइरहेको छ । त्यो रकम सर्लक्क जोगिन्छ । दोस्रो लाभ भनेको होटल व्यवसायीलाई हुने भयो ।
लकडाउनका बेला थोरै भएपनि राहत पाउने अवस्था उनीहरुका लागि चानचुने होइन । तेस्रो चाहिं नागरिक जो क्वारेण्टिनमा बस्ने छन्, उनीहरुले सुविधासम्पन्न वास र खाना पाउनेछन् । यसले सरकारप्रति आम मानिसको भरोशा जगाउने काम गर्नेछ । सबैभन्दा महत्वपूर्ण भनेको चाहिं यसले नेपाल सरकारप्रतिको अन्तराष्ट्रिय दृष्टिकोण नै बदलिदिन्छ । सरकारले यसमा कत्तिको ध्यान देला, त्यो थाहा पाउन केही प्रतिक्षा गरौं ।
स्रोत ः नेपाल बहस
FACEBOOK COMMENTS