काठमाडौं, ०३ मंसिर- इन्टरनेट गभर्नेन्स फोरम (आईजीएफ)को मल्टी-स्टेकहोल्डर एडभाइजरी ग्रुप (म्याग)मा नेपालको तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल सदस्यमा पुनः नियुक्त भएका छन् ।
संयुक्त राष्ट्र संघ महासचिवको तर्फबाट शनिबार २०२१ का लागि उनी म्याग सदस्यमा चयन भएका हुन । खनाल यसअघि लगातार दुई कार्यकालसम्म म्यागकाे सदस्य रहेका थिए । आईजीएफ संयुक्त राष्ट्र संघ अन्तर्गतकाे इन्टरनेट गभर्नेन्ससँग सम्बन्धित सार्वजनिक नीतिका विषयमा छलफल गर्ने फाेरम हाे । यसमा इन्टरनेटकाे क्षेत्रमा काम गर्ने विभिन्न देशका सरकारी, गैरसरकारी, निजी, नागरिक समाज र प्राविधिक क्षेत्रका प्राविधिकलाई सदस्य नियुक्त गरिन्छ ।
म्यागको प्रमुखमा दक्षिण अफ्रिकाका एस्टरहाइजिन एनरियट पुनः नियुक्त भएका छन् । यसपटक म्यागमा १५ नयाँ सदस्य सहित कुल ४० सदस्य रहेका छन् । सन् २००६ मा स्थापना भएकाे इन्टरनेट गभर्नेन्स फोरमले संयुक्त राष्ट्र संघका महासचिवलाई इन्टरनेट गभर्नेन्सकाे क्षेत्रमा भइरहेका कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गर्दछ ।
FACEBOOK COMMENTS