काठमाडौं, वैशाख १९ – सरकारले नागरिक एप मार्फत नै क्युआरकोडको स्क्यान गरेर बैंक खाता खोल्न सक्ने सुविधा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप मार्फत नै क्युआरकोड स्क्यान गरेर नेपाल बैंकमा खाता खोली यो सेवाको उद्घाटन गरेका हुन् । आइतबार सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सरकारले नागरिक एपमा यस्तो सुविधा ल्याएको जानकारी दिएको हो । एपबाटै बैंक खाता खोल्न सकिने सेवा सुविधा उपलब्ध गराइएको छ ।
नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि यसमा छ । सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि छ ।एसएलसी र प्ल–सटु तहका शैक्षिक विवरणसमेत एपमा रहनेछन् । पछिल्लो समय स्वास्थ्य बीमाको सुविधा पनि यसमा थपिएको छ । नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा यसैबाट पुलिस क्लियरेन्स रिपोर्ट समेत दिन थालिसकिएको छ ।
प्रधानमन्त्रीले आजबाटै सुरु गरिएको एप्सबाटै क्यु आर कोड प्रयोग गरी बैंक खाता खोल्न सकिने प्रणालीको सुरुवात समेत गरे । उनले सो एपमार्फत आफ्ना विवरण पठाइ नेपाल बैंक लिमिटेडमा आफ्नो खाता खोलेर यसको सुरुवात गरेका थिए ।शुभारम्भपछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाह देखि सामाजिक अन्तक्र्रिया समेतमा आधारभूत परिवर्तन आएको बताए । सेवालाई पेपरलस र फेसलेस यो संगै खाता खोल्नको लागी बैंक धाउनुपर्ने झन्झट समेत अन्त्य भएको पनि बताए
FACEBOOK COMMENTS