काठमाडौं, कात्तिक ५ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि थप एक हजार संख्यामा ल्याउने भएको छ ।
मूल्य कम भएका कारण उपभोक्ताको माग धेरै हुँदा बिक्री सुरु गरेको दुई दिनमै खसीबोकाको बिक्री सकिएपछि थप एक हजार ल्याउन लागिएको हो । दसैंलाई लक्षित गरेर कम्पनीले सोमबारदेखि खसीबोका उपत्यकामा बिक्री सुरु गरेको थियो ।
बिक्री खुला गरेको दुई दिनमै खसीबोकोका सकिएपछि थप एक हजार ल्याउन लागिएको कम्पनीले जानकारी दिएको छ । बजार मूल्यभन्दा सस्तो भएकाले पनि दुई दिनमै बिक्री भएको कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिए ।
खसीबोकाको माग बढेपछि थप एक हजार ल्याएर बिक्री गरिने उनले जानकारी दिए । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने हुँदा व्यवसायीले बढी मूल्य लिई उपभोक्ता ठग्नसक्ने भन्दै बजार हस्तक्षेप गर्नका लागि बिक्री गरेको कम्पनीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS