काठमाण्डौँ — हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेका छैनन् ।
खाद्य संस्थानले ढुवानीका लागि आहवान गरेको टेन्डरमा कुनै पनि कम्पनीले भाग नलिएक हुन् ।
हुम्लाको सिमकोट सदरमुकामसम्म खाद्यान्न ढुवानी गर्न खाद्य संस्थानले तीन पटक टेन्डरका लागि सूचना प्रकाशित गरे पनि उनीहरूले इच्छा नदेखाएकोे संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए ।
३० दिनको अवधि तोकिएको सूचनामा तारा र समिट एयरले आवेदन दिएका थिए ।
ती एयरलाइन्सहरूले सुर्खेतबाट हुम्लासम्म १ सय १३ रुपैयाँ र नेपालगन्जबाट १ सय २३ रुपैयाँ प्रस्ताव गरेका थिए ।
ढुवानी खर्च अस्वाभाविक भएको जनाउँदै संस्थानले फेरी १५ दिनको अवधि दिएर भदौ १८ गते टेन्डर आहवान गरेको थियो ।
दोस्रो र तेस्रो पटक सूचना प्रकाशित गर्दा पनि ढुवानी गर्न इच्छा देखाएनन् ।
एयरलाइन्सले ढुवानी गर्न इच्छा नदेखाएपछि संस्थानले ढुवानी भाडा परिमार्जन गर्ने तयारी गरेको छ ।
—कान्तिपुर
FACEBOOK COMMENTS