काठमाण्डौँ — खाद्य संस्थानले मुलुकका कर्णाली र दुर्गम क्षेत्रमा चामल बिक्री गर्दा बोराको समेत शुल्क असुल्ने गरेको पाइएको छ ।
जिल्लाबाट धान खरिद गर्दा, मिलबाट कुटानी गरेर चामल लिँदा र जापानी अनुदानको चामलमा आउने बोरा संस्थानले सित्तैमा प्राप्त गर्छ तर त्यही बोरा बेचेर संस्थानले कर्णाली र दुर्गमका जनताबाट बर्सेनि डेढ करोड रुपैयाँभन्दा बढी असुल्दै आएको हो ।
संस्थानले काठमाडौं उपत्यकामा चामल बिक्री गर्दा बोराको शुल्क लिँदैन ।
दुर्गमका जनताबाट भने प्रतिबोरा थप २० रुपैयाँ असुल्दै आएको हो ।
संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार उपत्यकाबाहेक दुर्गम जिल्लामा वार्षिक १ लाख ४० हजारदेखि २ लाख क्विन्टल चामल बिक्री हुन्छ ।
एउटा बोरामा २० किलो चामलको हिसाबमा वार्षिक आठ लाख बोरा चामल बिक्री हुन्छ जसअनुसार वार्षिक १ करोड ६० लाख रुपैयाँभन्दा बढी असुल्दै आएको संस्थानका अधिकारीहरू बताउँछन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS