काठमाण्डौँ – पछिल्लो पाँच वर्षमा १ खर्ब रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्यास खपत भएको छ ।
सहजै प्रयोग गर्न सकिने वस्तुकोे रूपमा रहेको ग्यासको आयात बढेसँगै पाँच वर्षमा १ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको झन्डै १४ लाख मेट्रिक टन ग्यास खपत भएको तथ्यांक छ ।
स्वदेशमा विकल्प नभएको ग्यास सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि प्रयोग बढ्दै गएपछि बर्सेनि आयातदरसमेत बढ्दै गएको हो ।
बढ्दो सहरीकरणसँगै दाउरा र गुइँठाको अभाव हुन थालेपछि ग्यासको खपतसँगै आयातदर बर्सेनि बढ्दै गएकोे नेपाल आयल निगमले जनाएको छ ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले गएको एक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको ३ लाख ७७ हजार मेट्रिक टन ग्यास आयात भएको बताए ।
ग्रामीण क्षेत्रमा पनि खपत बढ्दै गएकाले बर्सेनि १५ देखि २० प्रतिशतका दरले ग्यासको आयात बढ्दै गएको उनको भनाइ छ ।
बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ ।
– कारोबार
FACEBOOK COMMENTS