काठमाडौं, वैशाख १७ – खानेपानीमन्त्री मणिचन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्मण पुष्टि भएको हो । चार दिन अगाडि थापाकी छोरीलाई संक्रमण पुष्टि भएपछि उनले बिहीबार स्वाब परीक्षण गरेका थिए ।स्वाब परीक्षणकाे रिपाेट शुक्रबार बिहान पोजेटिभ आएको सचिवालयले जनाएकाे छ । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र उनी निवासमा नै रहेका छन् ।
यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र उनको परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
FACEBOOK COMMENTS