काठमाडौं,पुस २८ – काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अनाधिकृत रुपमा भईरहेको पार्किङ हटाउन भएको छ ।
महानगरपालिकाले अकुपाईं टुँडिखेलको कार्यक्रम अन्तर्गत अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा सूचना टाँस गरी माघ १ गते (बुधबार) देखि खुलामञ्चमा पार्किङ गर्न नदिने निर्णय गरेको हो ।
‘ऐतिहासिका खुलामञ्चको गरिमालाई कायम राख्न’ भन्दै महानगरले उक्त निर्णय गरेको जनाएको छ । खुलामञ्चमा सर्वसाधारणदेखि सरकारी कर्मचारीले समेत निस्शुल्क पार्किङ गर्दै आएका छन्।
खुलामञ्चमा पार्किङ गरेर अस्तव्यस्त भएको र खुला स्थान नभएको भन्दै अकुपाईं टुँडिखेलका अभियन्ताहरूले त्यहाँ पार्किङ गर्न नदिन महानगरपालिकालाई पटक(पटक पत्राचार गर्दै आएका थिए।
अकुपाईं टुँडिखेलले टुँडिखेल खुला हुनुपर्ने माग गर्दै कात्तिक २३ गते मानव साङलो निर्माण गरि उक्त अभियान सुरु गरेका थिए ।
FACEBOOK COMMENTS