डिएन घिसिङ
खेलकुदले समाजलाई प्रतिबिम्बित गर्दछ।सामाजिक न्याय र क्षेत्र अनुकूलनको मामलामा पनि खेल अर्थपुर्ण हुने गर्दछ।त्यसकारण आधुनिक खेलमा रमाइलोपन ,मौलिकता, प्रभावकारिता जस्ता कुरालाई प्राथमिकताका साथ हेरिएको छ। खेलकुदमा प्राविधिक ज्ञानबिनाको प्रतिस्पर्धा अर्थहिन हुने गर्दछ । खेल गतिविधी भएता पनि पद्धती वा विधी संगत नरहेमा त्यो खेलले तात्विक महत्व दर्शाउन सक्दैन ।पहिलो दृष्टि मै त्यो खेलको अस्तित्व अस्विकार्य बन्ने संभावना उत्तिकै रहन्छ।परिधिमा नियमन वा सूत्रधार हरेक खेलको पहिचान हो।खेलका रोमान्चक र सौन्दर्यतालाई प्रविधि र प्राविधिकले तय गर्दछ।सैद्धान्तिक र प्राविधिक तालमेलले व्यवहारिकतामा निखारता साथै प्रदर्शनमा उत्कृष्टता झल्कने गर्दछ।
अमेरिकाको ओहायो विश्वविद्यालयका लागी खेल विज्ञ एवम् लेखक जेम्स गेल्सले मजबूत खेलका लागि खेलाडी र प्रशिक्षक बीच कस्तो सम्बन्ध हुनुपर्छ भन्ने सवालमा अनुसन्धानात्मक आलेख मार्फत आफ्नो धारणा राखेका छन् । उनले आलेखमा प्रस्ट्याउदै अगाडि लेखेका छ्न ‘जीतको सफलता एकसानो हिस्सा मात्र हो।खेलमा व्यक्तिगत स्तरियता कायम गर्ने सवालमा खेलाडीले अनुशासनमा कटिबद्ध र बफादारीतामा प्रतिबद्ध हुनुपर्ने आशय प्रकट गरेका छन् । सफलताका लागि स्वयं खेलाडी र प्रशिक्षकको प्रयास नै महत्वपुर्ण रहने तर्क गेल्सले पेश गरेका छन्।
खेलकुद गतिविधिलाई गतिशील बनाउन मुख्यतःप्राविधिक पक्षको महत्वपूर्ण हात रहन्छ । यसको मतलब खेल क्षेत्रमा पाईला राख्दा वा टिकिराख्न पनि प्राविधिक ज्ञान अनिवार्य शर्त वा आवश्यकताको बिषय हो भन्ने हो । प्राविधिक पक्ष उपरको गहिरो पकड वा मानस सिंचनले खेल गतिविधिलाई रचनात्मक बनाउन टेवा पुग्दछ । यसले खेल कौशललाई प्रबर्द्धन गर्न पनि अहम भुमिका निभाएको हुन्छ। यसर्थ, सम्बन्ध र मार्ग भिन्नता भएता पनि खेलाडी,प्रशिक्षक र निर्णायकको भुमिकाको अवस्थालाई खेलको भावना र मान्यतासँग जोडेर प्राविधिक अन्तरसम्बन्धको समदृष्टिबाट हेर्नु मनाशिव हुनेछ । अझ भनौ, खेल क्षेत्रमा प्राविधिक पक्ष माथि ज्ञान, मन र ध्यान केन्द्रित गर्दा अर्थपूर्ण नतिजा प्रस्तुत गर्न सकिन्छ । चाहे उ खेलाडी होस् या प्रशिक्षक वा निर्णायक यो नियम सबैमा बराबर लागु हुन्छ । मैदान, कोर्ट वा रिङ् आदीमा उत्रदा, उतार्दा र नियमन गर्दै गर्दा ज्ञान शिपलाई अनुशरण गर्ने, योजना अनुरुप खेल अघि बढाउने र खेल गतिविधिलाई व्यवस्थित, ग्राहय र सर्वव्यापी मान्यता अनुरुप अघि बढाउन आवश्यक छ ।
“खेल क्षेत्रमा प्राविधिक पक्ष माथि ज्ञान, मन र ध्यान केन्द्रित गर्दा अर्थपूर्ण नतिजा प्रस्तुत गर्न सकिन्छ । चाहे उ खेलाडी होस् या प्रशिक्षक वा निर्णायक यो नियम सबैमा बराबर लागु हुन्छ ।“
क) खेलाडी -आधुनिक खेलकुदमा खेलको परिधि वा दायरा निकै फराकिलो बनेको छ । खेलाडीका आवरण पनि विविध छन् । आधुनिक समाजमा मनोरंजन वा स्वास्थ्यका लागि मात्र सिमित नभई आर्थिक गतिविधिलाई चलायमान बनाउन समेत खेल क्षेत्रको भूमिका महत्वपूर्ण साबित बन्दै आएको छ । तसर्थ खेल कौशल प्रस्तुतकर्ताको संख्यामा कुनै कमी छैन । नयाँ नयाँ खेलको विकाससँगै खेल क्षेत्रको दाँयारा मात्र बढेको छैन कि खेलाडीको संख्या पनि बढेको छ । तसर्थ खेलाडीको परिभाष गर्न त्यति सहज पक्कै छैन । यद्यपी खेल प्रतियोगिता वा प्रतिस्पर्धामा उत्रदै नियम-संगत र स्वस्थ प्रदर्शन गर्ने व्यक्ती बिशेषलाई खेलाडीको रूपमा परिभाषित गरिएको पाईन्छ । जसको अर्थ हो निस्चित परिधिमा बाधिएर विश्व व्यापी मान्यता अनुरुप वा खेलको पहिचानमा आँच नआउने गरि सुत्रबद्ध ढंगले शारिरिक वा मानसिक कृयामा लाग्ने काम खेलाडीको हो भन्ने हुन्छ । यद्यपी खेलमा सहभागी हुने ब्यक्तिको अवस्था वा स्वास्थ्यले प्राथमिकता किटान गर्दछ । खेलाडीको परिचय, राष्ट्रियता, भूगोल आदीसँगको अन्तर सम्बन्धले खेल प्रतियोगिता वा उत्सवमा बिशेष अर्थ बोकेको हुन्छ। जसले गर्दा समाज र राष्ट्रको गौरवसँग खेल प्रदर्शनलाई जोडेर हेर्ने गरिन्छ । आधुनिक खेलमा खेलाडीलाई दुईभागमा बिभाजन गरेर हेर्ने गरिएको छ।जसमा व्यवसायिक र गैरव्यवसायिक रहेका छन् । व्यवसायिक र गैरव्यवसायिक खेलाडीको विभाजन पहिचानका आधारमा हुने गर्दछ । अर्थात, खेल क्षेत्रलाई कर्म मान्ने र रहर वा कुनै कारणवश आफुलाई खेल अभ्यासमा सरिक गराउने बीच तात्विक भिन्नता पाईन्छ । अमेरिकीन कलेज अफ काड्रोलोजीको जर्लनमा प्रकाशित एक शोधमा एथलीट अर्थात खेलाडीलाई एक वा एक भन्दा बढी प्रतिस्पर्धा गर्ने,शारीरिक शक्ति, गति र / वा धीरज समावेश भएको व्यक्ति भनिएको छ । एथलीटहरू पेशेवर वा एमेच्योरहरू हुन सक्छन् भन्ने पनि उल्लेख भएको पाईन्छ ।
१)व्यवसायिक खेलाडी-खेल क्रियाकलाप वा गतिविधिमा पुर्णकालिन सकृय अवस्थाको खेलाडी व्यवसायिक मानिन्छ । उसले खेल क्षेत्रलाई आफ्नो मुख्य कर्म क्षेत्र मान्दै खेल क्षेत्रमा नै पहिचान बनाउने उदेश्य वा लक्ष्य बोकेको हुन्छ । उसको उदेश्य खेल क्षेत्रबाट गुजारा चलाउने साथै आफुमा निहित प्रतिभालाई उजागर गर्ने मध्ये एक वा दुवै हुन सक्दछ भने देश र समाजका लागि अनवरत योगदान पुर्याउने स्वार्थ प्रेरित लक्ष्य बोकेको हुन्छ । व्यवसायिक खेलाडी आर्थिक र सामाजिक प्रतिस्ठाको लागी प्रतिस्पर्धामा उत्रने गर्दछ।तर नियमित अभ्यास वा व्यायाममा सहभागी हुने सबै खेलाडीहरु व्यवसायिक खेलाडीको पहिचान प्राप्त गर्न असमर्थ रहन सक्छन् । व्यवसायिक खेलाडीले राष्ट्र वा समाजले आपसी निर्भरता महशुस गर्ने अवस्थाको परिकल्पना सहित समर्पित भएर कर्मका रुपमा अपनाएको हुन्छ ।
२)गैरव्यवसायिक– हुन त यदाकदा व्यायामजन्य कृयाकलापमा संलग्न व्यक्ति बिशेषलाई पनि गैरव्यवसायिक खेलाडीको रुपमा चित्रण गर्ने गरेको पाईन्छ ।तथापी सामान्य रुपमा हेर्दा खेल प्रति रुची राख्दै खेलकुदमा भाग लिने तर खेल क्षेत्रलाई आफ्नो पूर्णकालिन पेशा नबनाउने व्यक्ती बिशेषहरु गैरव्यवसायिक खेलाडी अन्तर्गत पर्दछन् । यसलाई स्पस्ट पार्नु पर्दा के पनि भन्न सकिन्छ जसले खेल क्षेत्रलाई कर्मका रुपमा अपनाएका हुँदैनन यद्यपी अक्कल झुक्कल खेल अभ्यासमा सहभागीता जनाई रहेका हुन्छन् ती खेलाडी भएता पनि गैर व्यवसायिक मानिन्छन् । सायदै खेल कुशलता हुँदैमा म व्यवसायिक खेलाडी हुँ भन्न मिल्दैन । खेलाडीको रुपमा उसले खेल क्षेत्रलाई दिने समय र नियमितताको सवाल पनिसँगै जोडिने सन्दर्भ हुन । यस मानेमा खेल साधकका रुपमा प्रस्तुत गर्ने खेलाडी व्यवसायिक हो भने खेल साधनामा लिन नहुनु गैर व्यवसायिकपना हो । त्यसैले सामान्य तया खेल क्षेत्र प्रति रुची भएको तर पूर्णकालिन र निर्भरताको दृष्टि नराख्ने खेलाडीलाई गैर व्यवसायिक खेलाडीको संज्ञा दिन पनि सकिन्छ । बिशेषत स्वास्थ सुधार वा प्रतिरक्षाको निम्ती गरिएका शारीरिक वा मानसिक प्रयासलाई गैरव्यवसायिक खेल गतिविधिको रुपमा अर्थ्याईनु पर्दछ ।व्यायाममा सकृय हुनुलाई स्वस्थकर जीवन जिउने अभिलाषा वा अभ्यासको कडि मानिन्छ भने मानसिक स्फुर्तीका लागि गरिने कृयाकलापमा पनि तन्दुरुस्त जीवनको आकांक्षा राखिएको हुन्छ । तथापी समर्पणको आधारमा अर्थात रहेर समय, इच्छा शक्ति, अभ्यास, ज्ञानको लगानी, आम्दानी जस्ता लगानीबाट फल प्राप्तीको आशा राखेर खेल कर्ममा तल्लिन खेलाडी व्यवसायिक कहलाउछ ।
१)प्रशिक्षक-खेलाडीको व्यक्तित्व विकास गर्न र लक्ष्य प्राप्त गर्न मद्दत गर्ने प्राथमिक व्यक्तिको रूपमा प्रशिक्षक रहन्छ।बिशेष गरेर दक्ष क्षमता, ज्ञान र बिज्ञानको पहिचान गराउन र प्रेरित गर्न सक्ने प्राविधिकज्ञको उपमा हो प्रशिक्षक।सम्बद्ध क्षेत्रको प्रविधि मैत्री र व्यवहारिकताको प्रायोगिक रुप हो प्रशिक्षण कला । प्रतियोगिताको अवस्थामा खेलाडीलाई परिणाममुखी बनाउन काबिल प्रशिक्षकको रचनात्मक भूमिका रहन्छ। तसर्थ व्यवसायिक रुपमा प्रबल, अनुभवले खारिएको र सम्बन्धित खेलमा पहिचान भएको व्यक्ति बिशेषलाई प्रशिक्षकका रुपमा राख्ने परम्परा छ ।
संयुक्त राज्य अमेरिका स्थित स्पोर्टस् एकेडेमीका संस्थापक डा.थोमस पी रोसान्डिचले सन १९६०को दशकमा प्रशिक्षण ढाचाको प्रारुप तयार पार्ने क्रममा प्रशिक्षण र प्रशिक्षकमा हुनुपर्ने विविध आयाम बारे उल्लेख गरेका छन् । उक्त सोधमा गति, कौशल, क्षमता, शक्ति, लचकता जस्ता आयामलाई कसरी ग्रहण गर्दै प्रशिक्षण दिने भन्ने बारेमा प्रकाश पारेका छन् । साथै, उनले प्रशिक्षक बन्न व्यापक ज्ञानको खाँचो औंल्याउदै विज्ञता राख्ने प्रशिक्षक र खेलाडीको तालमेलले स्तरियत खेल पस्कन सकिने निश्कर्श निकालेका छन् ।
ग) निर्णायक -खेल सामान्यतया प्रतिस्पर्धा पनि हो । जुनसुकै तहको खेल होस दुई पक्ष सतहमा देखिन्छन् । र प्रतिस्पर्धी समुह वा व्यक्तीको खेल गतिविधिको निगरानी गर्न तटस्थ भूमिकामा रहने अफिसियल अर्थात अधिकारीहरुको खाँचो रहन्छ, जसलाई हामी रेफ्री अर्थात निर्णायक पनि भन्छौ । यसर्थ निर्णायक खेल क्षेत्रको एक महत्वपूर्ण हिस्सा हो । प्राविधिज्ञको हैसियतमा उसले खेलमा मध्यस्थता गर्दछ भने खेल अनुशासन पालना भए नभएको बारे निगरानी राख्ने र नियमको उल्लंघन भएको खण्डमा तात्कालिक अवस्था मै दण्डित गर्ने अधिकार उसँग रहन्छ । तसर्थ रेफ्री भनेको खेल प्राधिकार हो, जसले प्रतियोगिता अवधी भर मुख्य खेल अधिकारीको रुपमा कार्य गरेको हुन्छ । जसले टोलीहरूलाई अनुगमन गर्छ र निश्चित गर्दछ कि सबै नियमहरू पालना गरिएको छ वा छैन। उसँग खेल मान्यता वा सिद्धान्तको आधारमा प्रतियोगिता संचालन गर्ने साथै खेलका दौरान निम्तिने विवादलाई सुल्झाउने कार्यभार रहन्छ । अर्को शब्दमा भन्ने हो भने उ खेल प्रतियोगिताको दौरान न्यायमुर्ती नै हो ।खेल सुरक्षित र निष्पक्ष रूपमा सञ्चालन भएको छ भनेर सुनिश्चित गर्न खेलमा निर्णायकको आवश्यकता रहन्छ। खेलमा तटस्थ दृष्टिकोण राख्दै निर्णायकको जिम्मेवारी वहन गर्नुपर्ने भएकाले निर्णायक र खेलाडी वा प्रशिक्षक बीच भावनात्मक वा सामाजिक दुरी कायम हुनुपर्छ भन्ने सर्वव्यापी मान्यता रहेको छ ।
FACEBOOK COMMENTS