डिएन घिसिङ
”सफलताका लागि ड्रेस” भन्ने वाक्यांश प्राय सुन्ने गरिन्छ । अझ खेलकुदको क्षेत्रमा अथवा भनौ व्यावसायिक खेलाडीको हकमा भने झन यो निकै नै महत्वपूर्ण साबित हुने गरेको छ । किनकी पोशाकले खेल करियर नै प्रभावित बनाउने गर्दछ। तयारीगत अभ्यास वा प्रदर्शनका क्रममा खेलाडीले प्रयोग गर्ने सामग्री वा लत्ताकपडाले प्रदर्शनको स्तरमा समेत फरक पार्ने अन्तर्राष्ट्रिय सोधले पुस्टी गरेको छ।
खेल र व्यायामका मनोवैज्ञानिक कारकहरू जस्तै आत्म-विश्वास, प्रेरणा, भावनात्मक नियन्त्रण र एकाग्रता लगायतका बिशेष अर्थपुर्ण कार्यलाई पोशाकको स्तरीयता वा छनौटले धेरै प्रभाव पार्ने कुरा प्रकाशमा आइसकेको छ। परिणामहरू सामान्य झै लागे पनि सकारात्मक कडिका रूपमा सहयोग साबित गर्न पोशाकले धेरै अर्थ राख्ने गरेको विभिन्न सोधहरुले प्रस्ट पारेका छन्।
सान्टिफिकि अमेरिकन जर्नलमा समाजको व्यवहार मनोबिज्ञान सन्न्दर्भमा लेखकद्वय म्याथ्यु हुस्टन र टोरी रुद्रीगजले सन २०१६मा तयार पारेको सोधले समेत पोशाकले मनोबिज्ञानमा ठुलो प्रभाव पार्ने औल्याएको छ । खेलकुदमा सफलताको लागि पोशाक: कसरी कपडाले प्रदर्शनमा प्रभाव पार्दछ भन्ने कुरा यसले खुलाएको छ। सहज र भावनात्मक उर्जाका लागी पनि पोशाक धेरै अर्थपुर्ण रहने बरिस्ठ अमेरिकी खेल मनोवैज्ञानिक डा. जोन सुलिवानले आफ्नो कथनमा उल्लेख गरेका छन्। उनले अगाडि भनेका छ्न
“यदि कुनै खेलाडीले सहज महशुस गरेनन भने तब उनीहरूले सोच्नको लागि एउटा कुरा छ त्यो पोशाक हुन सक्छ।”सफलताको लागि मात्र खेल कार्यस्थलमा पोशाकको अनिवार्यता होइन की सही प्रकारको पोशाकले चोटपटकको सम्भावनाबाट पनि जोखिमलाई निम्निकरण गर्न सहयोग साबित भएको हुन्छ। सही प्रकारको लत्ताकपडाले वास्तवमा कसरतको फाइदा प्राप्त गर्न मद्दत गर्दछ भन्ने तथ्यले पोशाकको महत्वलाई दर्शाउँछ ।
प्रदर्शनका बेला खेल पोशाकले मनोवैज्ञानिक साथै शरिरलाई सुरक्षा कवच बनी सघाउ पुर्याई राखेको हुन्छ।साथै खेल विज्ञानले समेत सही पोशाक लगाएको खेलाडीलाई आफ्नो प्रदर्शनमा द्रुत वा उच्च गति प्राप्ती गर्न प्रेरणा मिल्ने तथ्यलाई नकार्न सकेको छैन। हरेक खेलको सहजीकरणका लागी प्राबिधिक प्राबधान समेतलाई मध्यनजर गरेर खेल अभियान्ताहरुले पोशाक निर्धारण गरेका हुन्छन ।
खेलको वातावरणीय अनुकुलता र शारीरिक सहजतायुक्त विशेषता यसमा झल्कीएको हुन्छ।बृहत मंचमा हुने खेल गतिविधिमा राष्ट्रियता र क्षेत्रीयता समेत पहिचान र प्रभावकारी देखाउन पोशाकले अर्थ बोकेको हुन्छ।आफ्नोपनको शान र सौन्दर्यताको पहिचान बनाउन पोशाक उत्तिकै मद्दतगार रहन्छ।
FACEBOOK COMMENTS