काठमाडौं, कात्तिक २० – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्यमी गोपाल खनाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य नियुक्त गरेका छन् । उद्योग वाणिज्य महासंघको सिफारिसमा मन्त्री विश्वकर्माले बुधबार खनाललाई नियुक्त गरेका हुन् ।
राष्ट्रिय खेलकुद विकास ऐनअनुसार परिषद्को बोर्ड सदस्यमा उद्योग वाणिज्य महासंघको सिफारिसमा परिषद् अध्यक्षले एकजना मनोनयन गर्ने व्यवस्था छ । खनाल महासंघको कार्यसमितिमा छन् । खेलकुद ऐनमा निजी क्षेत्रलाई समेट्ने सरकारको निर्णय स्वागतयोग्य रहेको खनालको भनाइ छ ।
यसअघि परिषद् अध्यक्षको हैसियतमा मन्त्री विश्वकर्माले खेलविज्ञ र खेलकुद संघको सिफारिसमा सातजना सदस्य नियुक्त गरेका थिए । मन्त्रिपरिषद् बैठकले नौजना बोर्ड सदस्य नियुक्त गरेको थियो । राखेपको नयाँ बोर्ड ३७ सदस्यीय रहने व्यवस्था छ ।
FACEBOOK COMMENTS