डिएन घिसिङ
खेलकुदमा सकृय मानिसको भौतिक शरिर अधिक रुपमा सक्रिय रहन्छ अर्थात हाइली एक्टिभ रहेको हुन्छ । जसले गर्दा सार्वजनिक सरोकारको सवालमा यस्ता मानिसहरु सजग बन्ने गर्दछन । सकारात्मक भावप्रधान र नकारात्मक भावप्रधान बिचको समजोड खेलाडीहरुमा तुरुन्तै देखा पर्ने हुँदा उनीहरुमा संवेग हुन्छ।खेल नतिजा पछीको पदक सुशोभन खेलाडीले जीवनमा सोचनिय हुने सम्भावित सबै भावनाहरू महसुस गर्दछ ।
उत्साहपूर्ण भावना वा गम्भीर उत्साह बिना कुनै पनि खेलकुदको विजय अनौंठो देखिन्छ। खेलकुदका टिप्पणीकारहरूले भन्छन् कि आँसुले “जोश” देखाउँछ । फ्यानहरू उनीहरूले माग गरेको जस्तो देखिन्छ। सामन्यतया खेलको अन्तिममा कप ग्रहण गरेपछि चुम्बन वा चियर्स गरिन्छ।
जोर्नल अफ रिसर्च इन पर्सनालिटिमा प्रकाशित शोधपत्रका अनुसार फरक खालको दुर्लभ दृश्यका परिघटनामा विगत र वर्तमान घटना लुकेको हुने कुरा उल्लेख गरिएको छ। रोदन वा एकाग्रता जन्मजात कमजोरी हैन । जुन बेला मुखबाट निस्कने शब्द समाप्त हुन्छ,त्यसबखत रोदन भाव संवेगको सर्वोत्कृष्ट अभिव्यक्ति बनेर बाहिर निस्कन्छ ।कोही उफ्रिने ,कोहि चिच्याउने ,कोही अँगालो हाल्ने ,कोही रोदन गर्ने जस्ता क्रियाकलाप मनोविज्ञानमा आधारित रहेको हुन्छ।
शोधकर्ता लाउरेन बिल्टमाको नेतृत्वमा गरिएको एक शोधको प्रकाशित लेखलाई आधार मानेर भन्ने हो भने भावनात्मक उछाल आएका बेला रुने हुँदा यसले मनोदशा माथी सकारात्मक असर पार्छ। उल्लेखित सोधपत्रका अनुसार सङ्घर्श अनि नतिजाको तीब्र इच्छा ,परिवार सामाजिक र आर्थिकको सारा कुरा प्रस्फुटन हुनु हो।खेलमैदान वा बाहिर देखिने यस्ता खाले खेलाडीको अन्तसकरण भित्रको पीडा तथा पराभाव रुवाईद्वारा बाहिर निस्कनु मानविय भाबनाको प्रवृत्ति नै हो।खेलमा जित कल्पना गर्ने ब्यक्ति भावुक हुन्छन्।
अन्तर्राष्ट्रिय जगतमा समेत खेलकुदको महाकुम्भमा खेलाडीहरुले बेलाबखत भाव संवेगको सर्बोत्कृष्टता अभिव्यक्त गर्दछन् । नतिजामा सफलता प्राप्त भए पछी वा नभएका बखत आफुलाई उच्च नैतिकता राख्ने ब्यक्तिहरुले यी खालको दृश्य देखाउने गर्द्छ।
खेलकुदको धेरै जसो भाषा कठोरताको बारेमा हुन्छ। जीत वा हारमा संतुलन हुन सकेन भने भावहरु छ्ताछुल्ल हुने गर्द्छन । खेलाडी र प्रशिक्षकहरू अर्को तयारीमा अघि बढ्ने आशामा हुन्छन ।व्यावसायिक खेलहरू जीवन र मृत्युको विषय होइनन्, तर प्रतियोगिताहरू र प्रतिस्पर्धाहरूमा संलग्न खेलाडीहरू जीवनको सबैभन्दा महत्वपूर्ण अंशका रुपमा ग्रहण गर्छन, लिन्छन।
अनुसन्धानकर्ताले पत्ता लगाएका छन कि खेलाडीहरू उनीहरुका केहि परिस्थितिमा रोइरहेका हुन्छन् , तर अरूमा होइन।यदि तपाइँ उत्सवको आँसु रोइरहनु भएको छ भने, ती पराजयको आँशु भन्दा जितको आँशु बढी सुखद हुन्छ।
खेल फ्यानहरूले भावनाको कदर गर्दछन्।खेल प्रशंसकहरूले पनि ईमानदारीताको सर्हाना गर्दछन । समाजमा जहाँ छवि आवश्यक छ, कुनै पनि भावनाले समाजको प्रतिष्ठालाई परिचित गराउँदछ । भावनाको उछालतामा खेलाडीको जीवनलाई जीवन्त तुल्याउदछ ।
FACEBOOK COMMENTS