डिएन घिसिङ
सामान्यतया स्वास्थ्य अनुकुलनका लागि मानव जीवनमा निद्राको भूमिका महत्वपूर्ण रहने गर्दछ । पर्याप्त निद्रा पाउँदा मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य साथै मनको स्फुर्ती मिल्ने गर्दछ । शारीरिक क्रियाकलाप वा खेलकुदमा सकृय हुनेहरुका लागि आराम र निन्द्रा ब्यवस्थापन अति नै जरुरी रहन्छ। अन्तर्राष्ट्रिय खेल मनोवैज्ञानिकहरुको खोज अनुसन्धान अनुसार जसरी खेलाडीहरूलाई आम व्यक्तिहरू भन्दा बढी पोषण र प्रशिक्षणमा चाहिन्छ, त्यसरी नै शरीरलाई आराम वा निद्रा चाहिने कुरा उल्लेख गरिएको छ।
अमेरिका स्थित न्यू जर्सी फेलिसिया स्टोलर फिजियोलोजिष्टका प्राध्यापकहरुका अनुसार निन्द्राले शरीरलाई स्फुर्ती दिलाउन टेवा पुर्याउने गर्छ र यदि पर्याप्त निद्रा प्राप्त गर्न सकिएन भने उचित शारीरिक प्रदर्शन गर्न नसकिने आधार समेत पेश गरेका छन् ।कसरी निद्राले खेलाडीको प्रदर्शनलाई असर गर्छ भन्ने सोधमा उल्लेख भए अनुसार पर्याप्त निद्रा नपाउँदा खेलाडीहरु छिट्टै थाक्ने गर्दछन् । त्यसैले यसबाट शारिरिक र मानसिक रुपमा ठूलो असर पार्दछ । कम निन्द्राले थकान, आलष्यता र खेल प्रति कम फोकसको सम्भावना बढाउँदछ। यसले खेलको गति सुस्त बनाउने पनि गर्दछ। त्यसकारण खेल गतिविधिको अवधिमा वा तयारी गर्ने समयमा खेलाडीहरुले निद्राको अनुशासित जीवन बिताउनुपर्ने तर्क अघि सार्दै खेल विज्ञहरुले एकै खाले मत जायर गर्दै आएका छन् ।
” सोधमा उल्लेख भए अनुसार पर्याप्त निद्रा नपाउँदा खेलाडीहरु छिट्टै थाक्ने गर्दछन् । त्यसैले यसबाट शारिरिक र मानसिक रुपमा ठूलो असर पार्दछ । कम निन्द्राले थकान, आलष्यता र खेल प्रति कम फोकसको सम्भावना बढाउँदछ। यसले खेलको गति सुस्त बनाउने पनि गर्दछ।”
खेलाडीले निद्राको उचित ब्यवस्थापन गर्न नसक्दा शारीरिक र मानसिक स्वास्थ्यमा पर्ने असरसंगै खेल प्रदर्शन नै प्रभावित बन्ने गर्दछ । जसबाट खेलमा ह्रास आई खेल जीवन नै प्रत्युत्पादक सावित बन्नेसम्मको अवस्था आईलाग्छ । अपर्याप्त निन्द्राको केही परिणामहरूमा शाब्दिक प्रदर्शनमा कमी, मुड गडबड, जोखिम लिने ब्यवहारमा वृद्धि, सुस्तताका साथै खेल प्रदर्शनका क्रममा समेत निर्णय क्षमता कमजोर रहनु हो। अनुशासित निद्राले राम्रो खानपान र राम्रो स्वास्थ्यको लागि मद्दत पुग्दछ । यदि निन्द्रा छोटो पारियो भने शरीरसँग मेमोरी मर्मत गर्न, मेमोरीलाई एकिकृत गर्न र हर्मोनहरू छोड्ने समय हुँदैन।बढ्दो निद्राले खेलाडीहरूका लागि वास्तविक लाभ प्राप्ति हुन्छ ।पर्याप्त निद्रा प्राप्त गर्न खेलाडीहरुले अनुशासनको पालना गर्न जरुरी रहन्छ। जस्तै प्रशिक्षण खेलबाट टाढा यात्रा, विहान सबेरै अभ्यास, बेलुकाको खेलहरू, र प्रतिस्पर्धाको तनावलाई ब्यवस्थापन गर्नको लागि अधिकतम विश्राम अर्थात निद्राको उचित ब्यवस्थापन गर्न जरुरी छ।
प्राकृतिक आराम गर्ने तरिकाहरूमा निर्भर रहन सक्नुलाई पनि खेलाडीको अनुशासनको रूपमा लिर्इन्छ ।टेनिसकी चर्चित खेलाडी सेरेना विलियम्सले बेलायतको एक संचार माध्यममा भनेकि थिईन “सधै सामान्य रूपमा सुत्छु र बिहान बेडमा घाम झुल्कीने बेला सम्म सुत्न मन पराउछु” ।विशेष गरी दिउँसो सुत्ने अर्थात रिम निद्राले दिमाग र शरीर दुवैलाई उर्जा प्रदान गर्दछ। अनुशासित निद्रा ब्यवस्थापनले राम्रो स्वास्थ्य र खानपिनका लागि मार्ग प्रशस्त गर्दछ । जुन खेलाडी उर्जाको सशक्त माध्यम पनि हो।
“प्राकृतिक आराम गर्ने तरिकाहरूमा निर्भर रहन सक्नुलाई पनि खेलाडीको अनुशासनको रूपमा लिर्इन्छ ।टेनिसकी चर्चित खेलाडी सेरेना विलियम्सले बेलायतको एक संचार माध्यममा भनेकि थिईन “सधै सामान्य रूपमा सुत्छु र बिहान बेडमा घाम झुल्कीने बेला सम्म सुत्न मन पराउछु”
भनिन्छ, एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्छ। मानिसको निन्द्रालाई मोबाइलसँग दाजेर भन्ने हो भने निदाउनु भनेको रिचार्ज गर्नु हो।तर कतिपय सक्रिय खेलाडीलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरको कारणले पनि समस्या हुन्छ भन्ने बैज्ञानिकको भनाई छ। निन्द्रा नलाग्ने हुदा कतिपयले औषधी वा नसालु पदार्थको सेवन समेत गरिरहेका हुन्छन् । त्यो शारीरिक र मानिसिक हिसाबले गलत विधी मानिएकोछ।
निद्रा प्रकृति प्रदत्त सुखदायी उपहार हो, तर कहिलेकाहीँ अनिद्रा भएमा त्यसले शारीरिक तथा मानसिक समस्या निम्त्याउँछ । निद्रा नलागेमा चिन्ता बढ्छ, मनमा कुरा खेल्छन्, नकारात्मकता बढ्छ र व्यक्तिको स्वास्थ्य क्रमशः दुर्वल हुन थाल्छ । यदि ठीकसँग सुत्न पाइएन भने नयाँ, मौलिक वा सिर्जनात्मक विचारमा ह्रास हुन्छ भने सही निर्णय गर्ने क्षमता पनि घट्छ । खेलकुदमा सहभागी हुनेहरुका लागि निद्रा ब्यवस्थापन गर्ने कुरा उत्तिकै महत्वपूर्ण रहन्छ । किनकी, जसरी शरीरको क्यालोरी उर्जा बढाउन पोषण र ब्यायाम अनुशासनको पालना आवश्यक रहन्छ त्यतिनै निद्रा ब्यबस्थापनमा पनि ध्यान दिन अति नै आवश्यक छ ।
निन्द्रा ब्यबस्थापनबाट खेलाडीमा पर्ने प्रभाव
क०उत्कृष्ट प्रदर्शन
ख०रचनात्मक प्रदर्शन
ग०आत्म बिश्वासी
घ०सहि निर्णय
सफलता पाउन खेलाडीले खाने, सुत्ने र अभ्यासलाई पहिलो प्राथमिकतामा राखेका हुन्छन्। शारीरिक अवस्था र खानाका साथै निद्राले एथलेटिक प्रदर्शन र स्पर्धाको नतीजामा गहन प्रभाव पार्ने हुँदा निद्रा खेलाडीहरूको लागी जित्ने कुञ्जी पनी हो।
FACEBOOK COMMENTS