डिएन घिसिङ्ग
खेल जीवनमा लगाव राखेर धैर्यतामा बाध्न सक्ने खेलाडी सधै जितको नजिक रहन्छ।सामन्यतय खेल कर्ममा संलग्नता जनाउदै गर्दा रमाइलोपन महशुस गर्ने खेलाडीले सफलता प्राप्त गरिराखेको हुन्छ। यसर्थ, सफल खेल करियरको लागि लगाव र धैर्यता सबैभन्दा महत्वपूर्ण पक्ष हो । कडा परिश्रम गरिदैमा सफल हुन लायक भइन्छ भन्ने छैन । यसमा काल(परिस्थिति ,धैर्यता जस्ता कुराले पनि भूमिका खेलेको हुन्छ । यद्यपि स्थिर रहने खेलाडीहरुमा भने स्तरवृद्धिको संभावना अधिक रहन्छ। वाह्य अवरोधलाई सहज रुपमा सामना गर्ने सवालमा खेलाडीमा निहितार्थ इच्छाशक्ति निकै फलदायी बन्ने गर्छ । किनकी, थकानलाई पनि मनोरञ्जनात्मक शैलीबाट प्रतिवाद गर्ने उर्जा इच्छाशक्तीबाट प्रवाहित हुन्छ ।
“धैर्यताले आशा ल्याउँछ। यसले हाम्रो अपेक्षित लक्ष्यहरू र हामीले प्राप्त गर्न गरिरहेका प्रयत्न प्रति विश्वासको निरन्तर माहौल तयार पार्दछ । जब आशावादी हुन्छौं, स्वभाविक लचिलोपन अपनाउदै प्रयास गर्न इच्छुक हुन्छौं, किनकि राम्रो परिणामको संभावनामा विश्वास गर्न सकिन्छ।”
अब्बल दर्जाको खेल प्रदर्शन नगर्ने खेलाडीको हकमा भने नतिजा वा प्रगति द्रुत गतिमा चाहिने जस्ता लक्षण देखा पर्ने अनुसन्धानले पत्ता लगाएको छ।खेल जीवनमा आउने ठूला र साना मोडहरूको बीचमा शान्त रहनु उत्तम शैलीवा विकल्प मानिएको छ। मनोवैज्ञानिक एवम् लेखक सरिया ग्याम्बिलले आफ्नो सोधमा लगाव र धैर्यताबाट हुने फार्इदा बारेमा उल्लेख गर्दै सकारात्मक चिन्तन, सहि निर्णय, आत्म(कब्जा र सहनशीलता आवश्यक रहने उल्लेख गरेका छ्न्।

सकारात्मक चिन्तन

धैर्यता एक बानी हो ।जब धैर्यताको अभाव हुन्छ, त्यो क्षण सन्तुष्टिको लागि असक्षम हुन्छौं, जसले निराश तुल्याउँछ। निराशा भावनात्मक उर्जा हो । जुन छोड्ने कृयाबाट उत्पन्न हुन्छ। सकारात्मक प्रक्रियामा धकेल्न उत्प्रेरित गर्ने कार्यलाई बढवा दिनु नै सफलता तर्फ इङ्गीत गर्नु हो। बानी बदल्न कडा प्रेरणा चाहिन्छ। खेल जीवनमा आश्वासन वा र्इनामहरू अधिक परिपक्व व्यवहार अपनाएर आउँदछ। धैर्यताले हामीलाई सकारात्मक मान्यताले खोजेको पदोन्नतिको साथ पुरस्कृत गर्न सक्दछ। यो धैर्य र कडा परिश्रमको योग वा फल हो।

सहि निर्णय
जब राम्रो निर्णय लिने कुरा आउँदछ, धैर्यतालाई सबैभन्दा शक्तिशाली स्रोतको रूपमा लिन सकिन्छ। खेल प्रदर्शन सुधार गर्नको लागी यो मह्त्वपुर्ण कडि मानिन्छ। धैर्यलाई सहि निर्णय गर्ने गुणहरू मध्ये एक मानिन्छ । जब सहि निर्णय लिएर धैर्यवान हुन्छौं, अनि नकारात्मक सोचबाट टाढा रहन्छौं, तब सफलताको लागी उचित वातावरण तयार हुन्छ । हतास मनस्थितिले सधै विनाशकारी नतिजाहरू मात्रै ल्याउँछ। जब आफैंमा धैर्यवान हुन्छौं, तब ध्यान केन्द्रिकृत गर्दै जस्तोसुकै परिस्थितीको सामना गर्न सक्षम भर्इन्छ ।
आत्म-कब्जा
धैर्यताले स्वयंलाई सीधा नियन्त्रणमा राख्छ। सफलताको लागी कुनै थप मद्दत आत्म-अधिकारबाट मिल्दछ। जब धैर्यवान रहन्छौ, तब भावनात्मक हिसाबले मन बहलाउने र कमजोर मनलाई शक्तिशाली बनाउन प्रेरित गर्ने समय पर्याप्त रहन्छ। जसबाट आत्म-प्रबन्धनको साथ आत्मविश्वास बटुल्ने सामर्थ्य जुट्दछ।सफलता वा प्रगतिको बाधक प्रायः धैर्यताको अभाव हुने गर्दछ। आफैले आफु भित्रको कमजोरी अर्थात आधारभूत नियन्त्रणको अभाव बुझ्नु एक आत्म विवेकीपन हो।जब हामीमा स्वनियन्त्रण हुने गर्दछ, बुझ्ने क्षमता र अन्तरदृष्टि पनि विकास हुँदै जान्छ।
सहनशीलता
धैर्यताले हाम्रो सहिष्णुताको असीमित प्रयासलाई सघाउ पुर्याउँछ ।जब चुनौतीहरूको सामना गर्छौं, त्यस क्षणमा अधिक साहस, बल र आशावादीताका साथ प्रतिक्रिया जनाउनु उचित रहन्छ । भावनात्मक असुविधा कुनै पनि अवरोधको एक हिस्सा रहन्छ। यो सहजै स्वीकार गर्न सकिन्छ की खेल जीवनको महत्वपूर्ण वा अतिरिक्त भागमा जहिल्यै सहनशीलता अग्रपंक्तिमा रहन्छ । जसले कुनै पनि प्रकारको अतिरिक्त दुस्ख, तीतोपना वा बदला जस्ता भावनाहरु निस्तेज गराउन बल पुगेको हुन्छ। र सफलता चक्रको अप्रत्याशित चाप र प्रवाहलाई सहन गर्न सकिन्छ । यसबाट तनाव कम र अधिक लचिलोपनाबाट पनि संतुष्टि हासिल हुने गर्दछ।