काठमाडौं । नेपाल यतिबेला कोरोना भाइरसको दोस्रो लहरको सङ्कटसँग पौँठे जोरी खेलिरहेको छ ।
नेपालको संविधानले मौ लिक हकका रूपमा सहज जीवन अधिकार सँग सम्बन्धित धेरै प्रकारका हक नागरिकलाई प्रदान गरेको छ । सोही अनुसार सङ्कटका घडीमा सरकार कोराेना सङ्क्रमणबाट जनताको जीवन रक्षाको विविध उपायका लागि प्रयास पनि गरिरहेको छ ।
कोराेना विरुद्धको खोप नागरिकको जीवनरक्षाको भरपर्दो र दीर्घकालीन कवच बनेको छ । नेपालका सबै नागरिकका लागि खोप उपलब्ध गरउन सरकारले प्रत्यक्ष-अप्रत्यक्ष सबै पहल जारी राखेको छ । यति धेरै प्रयासका बाबजुद पनि सरकारले खरिद गर्न र काम तिरको खोप पनि नेपाल भित्रन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । छिमेकी मुलुक भारतसँग २० लाख मात्रा खोप खरिदको प्रक्रिया पूरा भएपनि १० लाख खोप मात्र आयो ।
भारतको सर्वो च्च अदालतले आफ्ना नागरिकको जीवन नैसङ्कटमा परेका बेला खोपलगायतका अत्यावश्यक सामग्री निर्यात नगर्न त्यहाँको सरकारलाई आदेश दिएपछि नेपालको १० लाख मात्रा खोप उतै अड्केको हो । यद्यपि खोप निर्यातमा अब भारत उदार भएको देखिएको छ । अन्य विभिन्न मित्रराष्ट्र मुलुकसँग खोपका लागि अनुराेध गरे पनि चीन बाहेकका मुलुकले खोप उपलब्ध गराउन सकेका छैनन् ।
भारत सरकारले अनुदानमा दिएको १० लाख मात्रा र नेपालले खरिद गरेको १० लाख मात्रा को भिसिल्ड खोप नेपाल आएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS