काठमाडौं, कात्तिक १९ – सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका एक कर्मचारीको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको छ।
अस्पतालद्वारा सञ्चालित फार्मेसी पसलमा कार्यरत २८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजीतकुमार झाले जानकारी दिए।
अस्वस्थ्य भएपछि गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराएका उनको गत कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ।