पोखरा, वैशाख १५ – गण्डकी प्रदेशका तीन जना सांसद र एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सांसदहरुमा कोरोना संक्रमण देखिए पनि प्रदेशसभा बैठक भने प्रभावित नहुने बताइएको छ ।
कोरोना देखिँदैमा संसदको कार्यसूची हेरफेर नहुने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिएका छन् ।
गण्डकी प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ । पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।
कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।
FACEBOOK COMMENTS