काठमाडौं, भाद्र ३० – गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११६ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।
थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २०, स्याङ्जा १२, तनहुँ नौ, कास्की तीन, गोरखा, लम्जुङ र मनाङका एक/एकजना रहेको निर्देशनालयले जनाएको छ। ताजा बुलेटिनमा थपिएका चार जनामा स्याङ्जाका एक जना, कास्कीका दुई जना र गोरखाका एक जना रहेका छन्।
त्यसैगरी कोरोनाका कारण एक जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।
कास्की पोखरा महानगरपालिका- का ७० बर्षीय पुरुषको पोखरा महानगरपालिकास्थित मणिपाल अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको हो।
भदौ २५ गते अस्पताल भर्ना उनमा आइतवार कोरोनाको संक्रमण पुष्टि भएको थियो| क्यान्सरका बिरामीसमेत रहेका उनको गए राति ११ बजे निधन भएको निर्देशनालयले जनाएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।
FACEBOOK COMMENTS