काठमाण्डौँ — गण्डकी प्रदेशले बिहिबारदेखि पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ।
यसअघि प्रदेश २ र प्रदेश ५ बाट श्रम स्वीकृति जारी भईसकेको छ।
अब वैदेशिक रोजागरीमा जाने कामदारहरुले सहजताका साथ बिहिबारदेखि नै पुनः श्रम स्वीकृति लिन पाउने भएका छन्।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ।
श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख नारायण प्रसाद श्रेष्ठले जानकारी दिए।
प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ।
.— नागरीक
FACEBOOK COMMENTS