रसुवा,फागुन २९- रसुवागढी एकीकृत भन्सार कार्यालय भवनको काम सुरु भएको दुई बर्ष बितिसक्दा पनि निर्माणले अझै गति लिन सकेको छैन ।
तीन वर्ष भित्र सम्पन्न गर्ने गरी काम अघि बढाईएको भएता पनि दुई बर्ष बितीसक्दा समेत पहिलो तल्लाको काम समेत पुरा भएको छैन् ।
५४ करोड ६० लाख रुपैयाँ निर्माण लागत रहेको पाँच तले एकीकृत भवनको काम मात्र ३२ प्रतिशत पूरा भएको रविना कन्ट्रक्सनका इन्जिनियर योगेन्द्र सुब्बाले बताए ।
एकीकृत भवनमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, बैंक र सुरक्षा निकायसमेत रहने छ ।
FACEBOOK COMMENTS