काठमाडौं, असोज १८ – गरिमा विकास बैंक लिमिटेडसँग मर्जर सहमति गरेको सहारा विकास बैंकको साहारा विकास बैंकको शेयर कारोबार रोक्का राखिएको छ ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावलीबमोजिम सहारा विकास बैंकको शेयर कारोबार असोज १८ गतेदेखि रोक्का राख्नुपर्नेमा मर्जर प्रयोजनार्थ सो कम्पनीको कारोबार पहिलेदेखि रोक्का रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।
कम्पनीले एक्विजिशन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको पत्र यही असोज १६ गते प्राप्त गरेको नेप्सेद्वारा जारी सूचनामा उल्लेख छ ।
FACEBOOK COMMENTS