काठमाण्डौँ — गरिमा बिकास बैकद्धारा मृतक ग्राहकको ऋण मिनाहा गरेको छ ।
बैकको शाखा कार्यालय तल्लोगगनगौंडाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्य कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.–३२, तल्लोगगनगौडा निवासी बर्ष ४२ का जित बहादुर बि.क. सुनारको असामायिक मृत्यु भएको थियो ।
बैकले स्व. सुनारको नाउँमा बाँकी रहेको कर्जाको साँवा तथा ब्याज रकम रु.१,४९,१६४ मिनाहा गरेको छ ।
बैकले लघुबित्त कार्यक्रममा आवद्ध सदस्यहरुलाई औषधि उपचार खर्च, दैवि प्रकोप खर्च, क्रिया खर्च, शैक्षिक प्रोत्साहन खर्च, केन्द्र तथा सदस्य प्रोत्साहन खर्च समेत दिदै आएको छ ।
FACEBOOK COMMENTS