काठमाण्डौं– गरिमा विकास बैंक लिमिटेडले झापाको दमकमा शाखा खोलेको छ।
उक्त शाखाको उद्घाटन दमक नगरमालिकाका मेयर रामनाथ ओलीले गरेको बैंकले जनाएको छ।
अब झापा, मोरङ र सुनसरीमा यस बैंकको शाखा संख्या नौ पुगेको प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
यस बैंकको काठमाण्डौंमा आठसहित देशभर ६६ शाखा र १५ वटा एटिएम सञ्चालनमा छन्।
FACEBOOK COMMENTS