काठमाडौं, कार्तिक २७ – गरिमा विकास बैंक लिमिटेडले बुढानिलकण्ठ नगरपालिका वडा नं.–७, हात्तीगौंडामा आफ्नो शाखा बिस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेल एक कार्यक्रमकाबीच गरेका हुन् । कार्यक्रम बैंकका सञ्चालक डा।आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी उद्यमशीलताको विकास तथा नगरपालिका भित्र विभिन्न व्यापार व्यवसायको विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पूँजी प्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।
FACEBOOK COMMENTS