काठमाडौं, चैत १९- गरिमा विकास बैंकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सातै प्रदेशलाई ५र ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालले प्रत्येक प्रदेश सकारको राहत कोषमा ५ लाखको दरले ३५ लाख सहयोग गर्ने जनाएका हुन् ।
प्रमुख ढकालले अहिलेको परिस्थितिमा विभिन्न अत्यावश्यक ब्यबस्थापन मिलाउन राज्यलाई नै कठिन परेको संवेदनशील घडीमा सामाजिक उत्तरदायित्व स्वरुप बैंकले सहयोग गर्न लागेको बताए ।
बैंकले सहयोग गरेको उक्त रकम प्रदेश सरकारहरुले खडा गरेको राहत कोषमा जम्मा गरिनेछ ।
FACEBOOK COMMENTS