काठमाडौं, मंसिर ५- गरिमा विकास बैंकले मङ्सिर २७ गते पोखराको होटेल पोखरा ग्राण्डमा साधारणसभा आह्वान गरेको छ ।
बैंकले साधारणसभाबाट आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १६.१५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै साधारणसभामा अन्य विभिन्न १० प्रस्ताव पेश हुने भएका छन् ।
त्यस्तै साधारणसभामा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने, प्रबन्धपत्र र नियामावलीमा आवश्यक संसोधन गर्ने लगायतका प्रस्तव पेश हुने छन् ।
बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS