काठमाडौं– गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल बीचसम्झौता भएको छ ।
बिहीबार गरिमा विकास बैंक लिमिटेड बाटप्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल को तर्फबाट अस्पताल अध्यक्ष डा. ज्ञनेन्द्र मान सिंह कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचार गराउँदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका देशभर ८० शाखा र ३५ वटा एटीएम संचालनमा छन ।
FACEBOOK COMMENTS