मदन तिमल्सेना/ तनहुँ – पत्रकार पनि मानिस नै हुन् जनप्रतिनिधिहरु पनि मानिस नै हुन्, कसैले पनि गल्ती नै गरेको छैन भनेर जिद्दी गर्नु नै हुदैन । गल्ति भएको छ भने साचो कुरा समाज सामु राखेर प्रष्ट पार्न सकिन्छ । तर, एउटा गल्ति ढाकछोप गर्न खोज्दा अर्को गल्ती गर्ने गरेका प्रशस्त उदाहरणहरु देख्न पाईन्छ । त्यस्तै गल्ती दोहोर्याएका छन् भानु नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुन बहादुर खड्काले । भानु नगरपालिकाको क्वारेन्टाइनमा साँझको समयमा बस्न आएको मानिसलाई राख्दिन भन्दै एम्बुलेन्सबाट झर्न नदिएपछि कर्पोरेट खबर डटकमले जेठ १० गते शनिवार मानवता विरोधी वडा अध्यक्ष शिर्षकको समाचारको सम्पेषण गरेको थियो ।
उक्त समाचार प्रकाशित हुनुभन्दा अगाडि नै खड्कासँग प्रतिक्रिया लिन खोज्दै क्यामरा खोल्नासाथ व्यास नगरपालिका वडा नं ३ अनसन चौतारीबाट उनी भगौडा शैलीमा आलप भएका थिए (उक्त स्थानको सिसिटिभी फुटेज हेर्न सकिनेछ । ) कर्पोरेट सम्वाददाताले समाचारको सत्य तथ्य बुझ्न क्वारेन्टाइनमा मान्छे राख्न ल्याउने सोहि नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामकुमार श्रेष्ठसँग सम्पर्क गर्दा उनले खडकाले बाहिरबाट आएकालाई क्वारेण्टाईनमा राख्न नदिएको स्पस्ट पारेका थिए । प्रमुख जिल्ला अधिकारी, वडा नं ९ का अध्यक्ष, पीडितसगको कुराकानी र वडा अध्यक्ष खडकासँगको प्रत्यक्ष संवाद पहल पस्चात नै समाचार सम्प्रेषण गरिएको थियो । यद्यपी वडाध्यक्ष खडकाले अनौपचारिक कुराकानी गरेको तर औपचारिक कुराकानी गर्दा ठिकै छ मबाट गल्ती भयो भनेर स्वीकार गर्नुको सट्टा भानु नगरपालिकाका अन्य जनप्रतिनिधिहरुको गल्ति केलाउने र त्यस बारेमा प्रतिक्रिया दिनुस् हामी तपाईले बोले त्यो समाचार पनि प्रकाशित गर्छौ भन्दा औपचारिक रुपमा बोल्न ईन्कार गरेका थिए ।
माथी उल्लेखित शिर्षकको समाचार सम्प्रेषण पस्चात वडाध्यक्ष खडकाले समाचार भ्रमपूर्ण र कपोकल्पित रहेको भन्दै वक्तव्य नै जारी गरेका छन् । अध्यक्ष खड्काबाट भएको गल्तीको प्रमाणका रुपमा कर्पोरेटखबर डटकमसँग तनहुका प्रमुख जिल्ला अधिकारी, वडा नं ९ का वडा अध्यक्षको कुराकानी सुरक्षित हुदाहुदै अध्यक्ष खड्काले समाजलाई भ्रमित गर्न र आफुले गरेका गल्तीहरु ढाकछोप गर्नु , जनतालाई सुसूचित गर्न सत्य तथ्य समाचार प्रकाशित तथा प्रशारित गर्ने राज्यको चौथो अंग पत्रकारलाई आफुले गल्ति गरेपनि त्यो बारेमा नलेखुन् भन्ने भावना व्यक्त गर्नु र समाचारको बिषयमा चित्त नबुझे आफ्नो कुरा राख्नुस् भन्दा औपचारिक रुपमा बोल्न नखोज्ने वडा अध्यक्ष खड्काबाट जनताले के आशा गर्ने ? वडा अध्यक्ष खडकाले गरेको गल्तीको प्रमाण हुदाहुदै झुटो विज्ञप्ति प्रकाशित गर्न पछि नपर्ने वडा अध्यक्षबाट देशले के आशा गर्ने ? https://www.facebook.com/Corporatemagazine/videos/2651608635106915/?t=10
FACEBOOK COMMENTS