तनहुँ, ३२, जेठ -म्याग्दे गाउँपालिकाको कार्यालयले असार १ गतेबाट बिहान ८ बजे देखि साझ ६ बजेसम्म दैनिक कार्यालयको प्रशासनिक काम गर्ने भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण, रोकथाम तथा नियन्त्रणका साथै कार्यालयबाट दैनिक प्रशासनिक कामहरु सोमबारदेखि सञ्चालन हुने म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना आलेले जानकारी दिईन । कार्यालयको विभिन्न कामहरु गाउँपालिकाबाट लिनका लागि आम नागरिकलाई सहज बनाउने उद्देश्यले विहान ८ बजेदेखि साझ ६ बजेसम्म प्रशासनिक कामहरु हुनेछन्’ अध्यक्ष रानाले बताईन् ।
गाउँपालिकाबाट दिइने सेवाका लागि आवश्यक कर्मचारीको व्यवस्थापन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । कोभिड–१९ को संक्रमणबाट जोगिन कर्मचारीले स्यानिटाइजर, मास्क लगायतका सावधानी अपनाउँदै बिहान ८ बजेदेखि साझ ६ बजेसम्म सेवाग्राही आउँदा सेवा दिने छौँ’ प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । स्थानिय तहबाट हुँदै आएको कामलाई तीव्रता दिन र नेपाल सरकारले गरेको निर्णयलाई कार्यन्वयन गर्ने गरी कार्य सञ्चालनको तयारी गरिएको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । नेपाल सरकार मन्त्री परिषदको गत जेठ २८ गतेको निर्णयानुसार विहान ८ बजेदेखि साझ ६ बजेसम्म दैनिक कार्यालय सञ्चालन गर्ने स्थानिय तहहरुमा म्याग्दे गाउँपालिका तनहुँ जिल्लाको पहिलो स्थानिय तह हुनेछ ।
FACEBOOK COMMENTS