लहान, मंसिर २८ – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा शुक्रबार राति अज्ञात समूहले बम विस्फोट गराएको छ ।
राति ११ बजेतिर गराइएको बम विस्फोटबाट मानवीय क्षति नभएपनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
बम विस्फोट गराउनेको खोजीकार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
विगत केही दिनदेखि हरहिसाब पारदर्शी गर्नुपर्ने मागसहित गाउँपालिका कार्यालयविरुद्ध आन्दोलन हुँदै आएको छ । रासस
FACEBOOK COMMENTS