काठमाडौं- तिहारका लागि सार्वजनिक गरिएको गीतको शब्द विवादमा आएपछि गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान महाशाखाका प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरी महाशाखामा ल्याएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले बताएका छन् ।
तिहारका लागि सार्वजनिक गरिएको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । गीतमा भएका नराम्रो शब्द हटाउन माग गर्दै उनीमाथि उजुरी परेको हो ।
तीजमा ‘बीच्च बीच्चमा’ बोलको गीत गाएर छोटो समयमा चर्चामा आएका दुर्गेशले तिहारका लागि ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत सार्वजनीक गरेका थिए ।
FACEBOOK COMMENTS