काठमाडौं, फागुन १२- वाइवाइले ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा।लि ले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी शो ‘नेपाल स्टार’लाई प्रायोजन गर्ने भएको छ । आइतबार ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा।लि’ का प्रमुख रविन्द्र कुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता भएको छ ।
सम्झौता पश्चात बोल्दै निर्वाण चौधरीले स्वदेशमा नै उत्पादन हुने रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको बताए । ‘नेपाल स्टार’ नेपाल टेलिभिजनबाट प्रशारण हुने छ ।
वाइवाइले विश्वास गरेर धेरै कामहरुमा सहयोग गर्दै आएको जानकारी गराउँदै कि इन्टरटेन्टमेन्टका प्रमुख रवीन्द्रकुमार रिजालले सिजी कम्पनीलाई धन्यवाद दिएका छन् ।
रियालिटी शोमा निर्णायकको रुपमा रामकृष्ण ढकाल, आलोक श्री, र अन्जु पन्त रहेका छन्। नेपाल स्टारको पहिलो चरणको अडिसन सकिएको छ । सातवटै प्रदेश र काठमाडौं गरेर ८ वटा शहरमा अडिसन लिइएको थियो ।
प्रतियोगिताको निर्णायक ढकालले फ्रेन्चाइज रियालिटी शो भन्दा नेपाल स्टार कमजोर नभएको बताए । दर्शकले फ्रेन्चाइज शो कै लेभलमा नेपालमा नै तयार रियालिटी शो खोजि रहेका बेला त्यो अपेक्षालाई यस रियालिटी शोले पूरा गर्नेमा ढकालको विश्वास रहेको थियो ।
अन्जु पन्त र आलोक श्रीले नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहन पाएकोमा खुसी व्यक्त गरे । अन्जु पन्तले यो नेपालको उत्कृष्ट रियालिटी शो भएको पनि दावी गरेकी छिन् ।
FACEBOOK COMMENTS